ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुल निर्माणमा दबाब दिन स्थानीयवासी आन्दोलित

२०७७ मंसिर, १८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

रौतहट । निर्माण कम्पनीले चाँदी नदीमा पुल निर्माणमा ढिलाइ गरेको भन्दै चन्द्रपुर नगरपालिकाका स्थानीयवासी आन्दोलित भएका छन् । पुल निर्माण समयमै सम्पन्न गराउन दबाब दिने उद्देश्यले १ चन्द्रपुर नगरपालिका–३ गैडटारका स्थानीय संघर्ष समिति गठन गरेर आन्दोलित भएका हुन् ।

पुलको २०७२ सालमा टेन्डर भई सडक डिभिजन र निर्माण कम्पनीबीच ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर तोकिएको म्याद सकिएर १ वर्षका लागि थप हुँदा पनि ठेकेदार कम्पनीले पुल निर्माण अघि नबढाएको गुनासो उनीहरूको छ ।

चन्द्रपुर नगरपालिकाको विकट मानिएको वडा नं ३ र बजार तथा अन्य सुविधा रहेको वडा नं ४ जोडिन पुल अत्यावश्यक बनेको छ । पुल निर्माण संघर्ष समितिका संयोजक लालबहादुर दोङका अनुसार हालसम्म पुल निर्माण २५ प्रतिशत मात्र सकिएको छ । पुल निर्माण चाँडै सक्न दबाबका लागि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर, चन्द्रपुर नगरपालिकाको कार्यालय, इलाका प्रशासन कार्यालय चन्द्रपुर, इलाका प्रहरी कार्यालयका साथै नेपाल पत्रकार महासंघ, रौतहटलाई ज्ञापनपत्र बुझाइएको उनले बताए । आफूहरूको माग सुनुवाइ नभए आन्दोलनका थप कार्यक्रम गरिने चेतावनी उनले दिए । सो पुल निर्माण सम्पन्न नहुँदा चन्द्रपुर नगरपालिका–३ गैडाटार र छिमेकी जिल्ला मकवानपुरको स्थानीयलाई आवतजावतमा असहज भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)