ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कछुवा गतिमा बड्कापथ सिँचाइ आयोजना

दश वर्षको भौतिक प्रगति ३० प्रतिशत

२०७७ पौष, १  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी


पुस १, दाङ । दाङको देउखुरीमा सञ्चालन भइरहेको बड्कापथ सिँचाइ आयोजनाको काममा ढिलासुस्ती भइरहेको छ । करीब १० वर्ष पहिले शुरू भएको उक्त सिँचाइ आयोजनाको काम अहिलेसम्म ३० प्रतिशत मात्रै सम्पन्न भएको छ ।

राप्ती नदीको पानीलाई देउखुरीको दक्षिणी भू–भागमा लिएर त्यहाँको झण्डै ४ हजार खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले उक्त आयोजाना निर्माण शुरू गरिएको थियो । तर कामले तीव्रता पाउन नसक्दा आफ्नो जग्गामा सिँचाइ गर्ने किसानको आशा धमिलो बन्दै गएको छ । 

आयोजना सम्पन्न गर्न रू. ४ अर्ब बजेट अनुमान गरिएको बड्कापथ सिँचाइ आयोजनामा हालसम्म रू. १ अर्ब ११ करोड खर्च भइसकेको छ । ३० किलोमिटर मुल नहर र १६ ओटा शाखा नहर निर्माण गर्ने योजना भएको छ । तर, अहिलेसम्म करीब सात किलोमिटर मूल नहर मात्रै सम्पन्न भएको छ । मूल नहर बनाउनुपर्ने जम्मा १४ किलोमिटर रहेको र सात किलोमिटर नहर सम्पन्न भइसकेको र बाँकी सात किलोमिटर नहरको पनि काम टेण्डर प्रक्रियामा गइसकेको प्रगन्न तथा बड्कापथ सिँचाइ आयोजनाका प्रमुख बद्री कार्कीले जानकारी दिए ।

‘मूल नहर निर्माणको आधा काम सम्पन्न भइसकेको छ, बाँकी आधा काम पनि प्रक्रियामा गइसकेकाले अबको २ वर्षभित्र काम सम्पन्न हुन्छ,’ उनले भने ।

मूल नहरबाट करीब १४ किलोमिटर नहरको काम सम्पन्न भएपछि मात्रै किसानको खेतबारीमा पानी पुग्छ । त्यहाँबाट मात्रै शाखा नहरहरू निर्माण गर्दै किसानको खेतखेतमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । आयोजनाको मुख्य मुहान अर्घाखाँचीको जलुके सापमारास्थित राप्ती नदीको किनारामा रहेको छ ।

आयोजनाको मूल नहर अर्थात् १४ किलोमिटर नहर निर्माण भएपछि करीब ५९० हेक्टर जमीनमा सिँचाइ सुविधा पुग्ने आयोजना प्रमुख कार्कीले जानकारी दिए । सरकारले यो आयोजनालाई प्राथमिकतामा नराख्दा पनि कामले तीव्रता नपाएको हो । बड्कापथ आयोजनाका लागि वर्षेनि सरकारले १० करोडदेखि १२ करोड रुपैयाँसम्म बजेट विनियोजन गर्दै आएको छ । यस वर्ष २५ करोड बजेट विनियोजन भएको छ । 

उक्त सिँचाइ आयोजनाका लागि रू. १ अर्ब २९ करोडको ठेक्का भएको कार्कीले बताए । आयोजनाको काम सुस्त हुनको मुख्य कारण बजेट अभाव भएको उनको भनाइ छ । त्यस्तै सिँचाइ आयोजना सञ्चालन भएका ठाउँका स्थानीयलाई मुआब्जा दिने कार्यक्रम नै नरहेकाले जग्गा प्राप्तिमा समय लागेको र वन क्षेत्रमा काम गर्दा आउने समस्या पनि आयोजनामा ढिलाइको सहायक कारण रहेको उनले बताए । आयोजनाको काम शुरू भएको लामो समय बित्तिसक्दा आशा गरेजति काम हुन नसकेको गुनासो स्थानीय शोभाराम यादवले गरे ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)