ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

श्रीराम सुगर मिल्सका सञ्चालक विरुद्ध पक्राउ पूर्जी जारी

२०७७ पौष, २  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

पुस २, रौतहट । श्रीराम सुगर मिल्स गरुडाका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । मिलका सञ्चालक हितेश गोल्छा, सञ्चालक विशाल अग्रवाल र श्रीराम सुगर मिल्स गरुडाका कार्यकारी उपाध्यक्ष पद्मकान्त झालाई पक्राउ गर्न पूर्जी जारी भएको हो । 

उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संंघको सहित ४६ जना उखु कृषकले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा बुधवार ठगी मुद्दा दर्ता गराएका हुन् । उखु कृषकको बक्यौता रकम फर्छौट नगरी मिल बन्द गरेर ठगेकाले मुद्दा दर्ता गरेको उखु उत्पादक संंघ रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद यादवले बताए । 

बिना कुनै पूर्व जानकरी साउन ११ गते उद्योग सदाका लागि बन्द भएको सूचना टास गरेर मिल सञ्चालकहरु सम्पर्क बिहीन भएको उनको आरोप छ । मिलले आर्थिक वर्ष ०७१/७२ को १२ करोड, ०७५/७६ को २८ करोड ५० लाख र ०७६/७७ को ५० लाख रुपैयाँ गरी ४१ करोड रुपैयाँ तिर्न बाँकी रहेको उखु उत्पादक संघ रौतहटले जानकारी दिएको छ । 

श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पूर्जी जारी गरेको छ । पक्राउ पूर्जी जारी भएका व्यक्तिहरुको खोजतलाशका लागि आवश्यक समन्वय भइरहेको प्रहरी श्रोतले बताएको छ । यसअघि नै गृह मन्त्रालयले बक्यौता बापतको रकम भुक्तानी नदिने सुगर मिलका सञ्चालक विरुद्ध ठगीमा कारबाही गर्न प्रहरी र जिल्लास्थित प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ । 

तर श्रीराम सुगर मिलले किसानलाई पठाउने रकम खातामा जम्मा गरेको जानकारी दिएको छ । नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालले रकम खातामा जम्मा गरिसकेको जानकारी दिएका हुन् । उनका अनुसार मिलले भोलि (शुक्रवार)देखि नै कृषकको खातामा पठाउन थाल्ने भएको छ । 

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले उखु कृषको भुक्तानी दिने उद्योगको खातामा जम्मा भएको रकम संघको मध्यस्थतामा खातामा पठाइने बताए । तर श्रीराम सुगर मिलले ३५ करोड रूपैयाँ किसानलाई दिन बाँकी रहेको उल्लेख गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)