ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रौतहटका कृषक नयाँ प्रजातिको उखु खेतीतर्फ आकर्षित

२०७७ पौष, ११  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

पुस ११, रौतहट । उत्पादन बढी हुने भन्दै रौतहटका कृषकले नयाँ प्रजातिको उखु खेती गरेका छन् । यस वर्षदेखि कृषकहरू नयाँ प्रजातिको उखु खेती गरेर उत्पादन बढी लिने योजनामा छन् ।

कोजा ८५, सीओजिरो २३८ र २३९ जातको उखु अन्यभन्दा दोब्बरसम्म उत्पादन हुने भएपछि कृषक यसको खेतीतर्फ आकर्षित भएका हुन् । भारतको पञ्जावबाट ल्याइएको उखुको बीउ यसपटक कटहरिया, फतुवा विजयपुर र गुजरा नगरपालिकाका कृषकले खेती गरेका छन् । कम लगानी र खर्चमा बढी उत्पादन हुने भएपछि नयाँ जातको उखु गर्ने कृषकको संख्या बढ्दै जाने अनुमान गरिएको छ । 

विगतका वर्षमा स्थानीय जातको उखु खेतीबाट प्रतिकट्ठा खेतमा २० देखि ३० क्वीन्टलसम्म उत्पादन हुने गरेकोमा नयाँ जात कोजा ८५ बाट ५० देखि ६० क्वीन्टलसम्म उखुको उत्पादन हुने बताइएको छ । त्यस्तै भारतबाटै ल्याइएको सीओजिरो २३८ र २३९ जातका उखु खेती पनि जिल्लामा पहिलोपटक गरिएको छ । सीओजिरो २३८ र २३९ जातका उखु पनि उत्पादन पनि धेरै हुने कृषक अशोक यादवले बताए । 

यस वर्ष कोजा ८५ जातका उखुको खेती करीब ६ बिघा क्षेत्रफल र सीओजिरो २३८ तथा २३९ जातको उखु ४ बिघा क्षेत्रफलमा लगाइएको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिजले बताएको छ । जिल्लामा दुई चिनी उद्योग रहेकोमा श्रीराम सुगर मिल्स भने बन्द छ । 

बाबा बैजुनाथ चिनी मिलले यस वर्ष करीब १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गतवर्ष करीब ५ लाख क्विन्टल उखु क्रसिङ गरेर बन्द भएको मिलले यस वर्ष दोब्वरभन्दा बढी क्रसिङ गर्ने लक्ष्य लिएको मिल सञ्चालक बैजु बाबराले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)