ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रौतहटका कृषक नयाँ प्रजातिको उखु खेतीमा आकर्षित

२०७७ पौष, १२  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिपेश पौडेल

रौतहट । रौतहटका कृषकले नयाँ प्रजातिको उखु खेतीमा आकर्षित भएका छन् । यस वर्षदेखि कृषकहरूले बढी  उत्पादन दिने कोजा ८५, सीओजिरो २३८ र २३९ जातको उखु खेती गरेका हुन् ।

भारतको पञ्जावबाट ल्याइएको उक्त जातको उखुको बीउ जिल्लाका कटहरिया, फतुवा विजयपुर र गुजरा नगरपालिकाका कृषकले लगाएका छन् । कम लगानी तथा खर्चमा बढी उत्पादन हुने भएपछि नयाँ जातको उखु खेतीमा कृषक आकर्षित भएका छन् ।

विगतका वर्षमा स्थानीय जातको उखु खेतीबाट प्रतिकट्ठा खेतमा २० देखि ३० क्वीन्टलसम्म उत्पादन हुने गरेकोमा नयाँ जात कोजा ८५ बाट ५० देखि ६० क्वीन्टलसम्म उखुको उत्पादन हुने बताइएको छ । त्यस्तै जिल्लामा पहिलोपटक सीओजिरो २३८ र २३९ जातको उखु खेती पनि गरिएको छ । सीओजिरो २३८ र २३९ जातका उखु पनि उत्पादन पनि धेरै हुने स्थानीय कृषक अशोक यादवले बताए । यस वर्ष कोजा ८५ जातका उखुको खेती करीब ६ बिघा क्षेत्रफल र सीओजिरो २३८ तथा २३९ जातको उखु ४ बिघा क्षेत्रफलमा लगाइएको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिजले बताएको छ ।

बाबा बैजुनाथ चिनी मिलले यस वर्ष करिब १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गतवर्ष करीब ५ लाख क्विन्टल उखु क्रसिङ गरेर बन्द भएको मिलले यस वर्ष दोब्वरभन्दा बढी क्रसिङ गर्ने लक्ष्य लिएको मिल सञ्चालक बैजु बबराले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)