ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बड्कापथ सिँचाइ आयोजनामा ढिलाइ

१० वर्षको भौतिक प्रगति ३० प्रतिशत मात्र

२०७७ पौष, १२  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar उदय बीसी

दाङ । दाङको देउखुरीमा सञ्चालन भइरहेको बड्कापथ सिँचाइ आयोजनाको काममा ढिलासुस्ती भइरहेको छ । करीब १० वर्ष पहिले शुरू भएको उक्त सिँचाइ आयोजनाको काम अहिलेसम्म ३० प्रतिशत मात्रै सम्पन्न भएको छ ।

राप्ती नदीको पानीले देउखुरीको दक्षिणी क्षेत्रको करीब ४ हजार खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले सो आयोजानाको निर्माण अघि बढाइएको हो । तर कामले तीव्रता पाउन नसक्दा आफ्नो जग्गामा सिँचाइ गर्ने किसानको आशा धमिलो बन्दै गएको छ ।

रू. ४ अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा हालसम्म रू. १ अर्ब ११ करोड खर्च भइसकेको छ । ३० किलोमिटर मूल नहर र १६ ओटा शाखा नहर निर्माण गर्ने योजना छ । तर, अहिलेसम्म करीब ७ किलोमिटर मात्रै सम्पन्न भएको छ । यस्तै अर्को ७ किलोमिटर नहर निर्माणको टेण्डर प्रक्रिया अघि बढेको प्रगन्न तथा बड्कापथ सिँचाइ आयोजनाका प्रमुख बद्री कोर्कीले जानकारी दिए । ‘मूल नहर निर्माणको आधा काम सम्पन्न भइसकेको छ, बाँकी आधा काम पनि टेण्डर प्रक्रियामा गइसकेकाले अबको २ वर्षभित्र काम सम्पन्न हुन्छ,’ उनले भने ।

मूल नहरको काम सम्पन्न भएपछि शाखा नहर निर्माण गर्दै किसानको जग्गामा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । आयोजनाको मुख्य मुहान अर्घाखाँचीको जलुके सापमारास्थित राप्ती नदीको किनारामा छ ।

आयोजनाको मूल नहर निर्माण भएपछि करीब ५९० हेक्टर जमीनमा सिँचाइ सुविधा पुग्ने आयोजना प्रमुख कार्कीले जानकारी दिए । आयोजनाका लागि वर्षेनि सरकारले १० करोडदेखि १२ करोड रुपैयाँसम्म बजेट विनियोजन गर्दै आएको छ । यस वर्ष २५ करोड विनियोजन गरिएको छ ।

आयोजनाको काम सुस्त हुनको मुख्य कारण बजेट अभाव भएको कार्कीको भनाइ छ । त्यस्तै सिँचाइ आयोजना सञ्चालन भएका ठाउँका स्थानीयलाई मुआब्जा दिने कार्यक्रम नै नरहेकाले जग्गा प्राप्तिमा समय लागेको र वन क्षेत्रमा काम गर्दा आउने समस्या पनि आयोजनामा ढिलाइको सहायक कारण रहेको उनले बताए । आयोजना निर्माण शुरू भएको लामो समय बित्तिसक्दा अपेक्षित काम हुन नसकेको गुनासो स्थानीयको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)