ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुकुममा अन्नबालीको उत्पादन बढ्यो

२०७७ पौष, २२  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रवीर ददेल

रुकुम । रुकुम पश्चिममा मुख्य अन्नबाली मकै र धानको उत्पादन बढेको छ ।  जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा गतवर्षको तुलनामा मकै ४५ दशमलव २ र धान ४४ दशमलव ४१ प्रतिशतले बढेको हो ।

यस वर्ष गतवर्षको तुलनामा १२ हजार ३२ मेट्रिक टन बढी मकै फलेको कार्यालयले बताएको छ । ८ हजार ३५० हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकोमा गतवर्ष प्रतिहेक्टर ३ मेट्रिक टनका दरले २६ हजार ७ सय २३ मेट्रिक टन फलेको थियो । यस वर्ष भने प्रतिहेक्टर ४ दशमलव ६४ का दरले ३८ हजार ७ सय ५५ मेट्रिक टन मकै उत्पादन भएको कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले बताए । उनका अनुसार गतवर्ष र यस वर्ष उत्तिकै क्षेत्रफलमा मकै र धानको खेती गरिएको थियो ।

‘कोरोना महामारीले यो वर्ष परिवारका सबै सदस्य घर फर्किए र बाँझो जग्गामा समेत खेतीपाती गरेका कारण उत्पादन बढेको हो,’ उनले भने, ‘मौसमले पनि उत्तिकै साथ दियो ।’ यस वर्ष जिल्लाको ३ हजार ४८ हेक्टरमा धानखेती गरिएको थियो । गतवर्ष ८ हजार ९७६ मेट्रिक टन धान फलेकामा यसपालि १२ हजार ९५४ मेट्रिक टन धान फलेको कार्यालयले बताएको छ । गत वर्षभन्दा ३ हजार ९८७ मेट्रिक टन धान बढी उत्पादन भएको निमित्त प्रमुख केसीले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)