ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कछुवा लोप भएको सल्यानको ‘कछुवा दह’

२०७७ माघ, २२  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानको कालीमाटी गाउँपालिकामा रहेको कछुवा दहमा कछुवा पाइन छाडेको छ । दहमा कछुवा पाइने भएकाले यसको नाम कछुवा दह राखिएको थियो ।

तर, पछिल्लो समय मानिसको जनसंख्या बढ्दै जानु, कछुवाको चोरी सिकारी गर्नु, बढ्दो जंगल फडानी, जथाभावी सडक निर्माणलगायत कारणले कछुवा पाइन छाडेका हुन् । विगतमा यस दहमा दर्जन बढी कछुवा देखिने भए पनि अहिले देखिनै छाडेको स्थानीय इन्द्रलाल पौडेलले बताए । ‘दहको संरक्षणमा कसैको चासो र चिन्ता छैन । कछुवा पाइने यहाँको ठूलो दह हेर्दाहेर्दै गाईभैंसी आहाल बस्ने पोखरीमा परिणत भएको छ,’ उनले भने ।

पहिले घाँस–दाउरा, गाई चराउन गएका बेला दहमा कछुवा देखिने भए पनि १० वर्षयता देखिन छाडेको उनको भनाइ छ ।

‘दहको संरक्षणमा कसैको चासो छैन । पहिले दर्जनौं कछुवा दहमा देखिन्थे तर अहिले देखिन छाडेका छन्,’ उनले भने, ‘दहको संरक्षणमा कसैले पनि चासो दिएनन् ।’
स्थानीयका अनुसार अहिले कछुवा दह पुरिँदै गएको छ । सडक निर्माण गर्दा खसेको ढुंगामाटो र बर्खाले बगाएको पहिरोले दह पुरिँदै गएको हो ।

बढ्दो जंगल फडानी र जथाभावी सडक निर्माण गर्नुले कछुवा दह नै जोखिममा परेको छ । कछुवा दह अहिले गाईभैंसीलाई पानी खुवाउने पोखरीका रूपमा खुम्चिएको छ ।
स्थानीय हीरासिंह खड्का कुनै बेला दहमा कछुवा हेर्न पयर्टक आउने गरेको स्मरण गर्छन् । तर, कछुवा दहको संरक्षणमा कसैको चासो नभएको उनको भनाइ छ ।

‘शनिबार, बिदाको दिन तथा चाडपर्वमा दहमा घुम्न आउने, कछुवा हेर्न आउने पर्यटकको संख्या धेरै छ । तर, दहमा कछुवा नहुँदा जुन उनीहरू त्यसै फर्कन बाध्य छन्,’ उनले भने । दह संरक्षणका लागि बर्सेनि बजेट खर्च हुने गरे पनि यसको संरक्षणमा कसैको चासो नगएको उनको भनाइ छ ।

दहमा आउने पर्यटक संख्या बढे पनि कछुवा नहुनु, दह पुरिँदै जानुजस्ता कारणले दहको महत्व घट्दै गएको उनले बताए । समुद्री सतहदेखि १ हजार मिटर उचाइमा रहेको कछुवा दह पर्यटकीय हिसाबले महत्वपूर्ण स्थल हो । २ सय १५ मिटर लम्बाइ र ५२ मिटर चौडाइ रहेको दह अहिले सय मिटर लम्बाइ र ४० मिटर चौडाइमा खुम्चिएको स्थानीय बताउँछन् ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण दहको संरक्षण र प्रचार–प्रसारमा कुनै पनि निकायले ध्यान नदिएको उनीहरूको गुनासो छ ।

स्थानीयका अनुसार बिगतमा दह नजिकै रहेको गंगामाला भगवती मन्दिरमा पूजाआजा गरिनुका साथै दहछेउमा मेला लाग्ने गर्दथ्यो तर पछिल्लो समय दह प्रदूषित भएको भन्दै मेला लगाउन छाडिएको छ । दहको ठीक माथिबाट सडक खनिएकाले जोखिम झन् बढ्दै गएको स्थानीय बताउँछन् ।

गाउँपालिका अध्यक्ष दानबहादुर केसीले दह संरक्षणका निम्ति पालिकाले विशेष पहल थालेको जानकारी दिए । ‘कछुवा भएको दहमा कछुवा पार्क निर्माण गर्न  डीपीआर बनिसकेकाले आगामी वर्षदेखि काम सुरु गर्छौं’, उनले भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)