ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन क्षेत्रको पूर्वाधार विकासमा ८० लाख खर्च गरिँदै

२०७७ फागुन, २०  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा पर्यटन क्षेत्रको पूर्वाधार विकासमा ८० लाख रुपैयाँ खर्च गरिने भएको छ । जिल्लामा रहेका विभिन्न प्राकृतिक तथा धार्मिक सम्पदाको पूर्वाधार विकासमा उक्त रकम खर्च गर्न लागिएको हो । जिल्लामा चालू आर्थिक वर्षमा ती सम्पदाको पूर्वाधार विकास गर्न लागिएको डिभिजन वन कार्यालय सल्यानले बताएको छ ।

जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र कुपिण्डे ताल, खैरावाङ मन्दिर, चाँदनी साततले गुफा र लक्ष्मीपुर शक्तिपीठमा पूर्वाधार विकास गरिँदै छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यले पूर्वाधार विकासको काम शुरू गरिएको कार्यालयले बताएको छ । चालू आवमा कर्णाली प्रदेश सरकारको विनियोजित बजेटबाट वन कार्यालय मार्फत जिल्लामा पर्यटन पूर्वाधारको काम शुरू गर्न थालिएको हो ।

जसअनुसार चालू आर्थिक वर्षमा जिल्लाका चारओटा पर्यटकीय क्षेत्रमा ८० लाख रुपैयाँ बराबरको पूर्वाधार विकास गर्न थालिएको डिभिजनल वन अधिकृत रमेशकुमार गिरीले जानकारी दिए, जस अन्तर्गत कुपिण्डे ताल वरिपरि पथ निर्माणका लागि २५ लाख, खैरावाङ मन्दिर जोड्ने चैवाङदेखि खैरावाङसम्मको मोटर बाटोका लागि २५ लाख, चाँदनी सातसते गुफा लेखपोखरामा पूर्वाधार विकासका लागि १५ लाख र लक्ष्मीपुर पर्यटन पूर्वाधार विकासका लागि रू. १५ लाख विनियोजन भएको छ ।

बजेट विनियोजन भएका जिल्लाका पर्यटकीय क्षेत्रहरूमा पूर्वाधार विकास सम्झौताको तयारी भएको गिरीले जानकारी दिए । गतवर्ष जिल्लाका ६ ओटा पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासका लागि २ करोड बजेट विनियोजन गरिएको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)