ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अस्पतालमा बेड अभाव भएपछि बरण्डाको भूइँमै राखेर करोना संक्रमितको उपचार 

२०७८ बैशाख, १८  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

वैशाख १८, दाङ । दाङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोरोना संक्रमितलाई उपचारका लागि अस्पतालहरुमा बेड अभाव भएको छ ।

कोरोना संक्रमितको चाप बढ्दै गएपछि जिल्लाको एक मात्र कोरोना विशेष अस्पताल बेल्झण्डीमा अस्पतालको बरण्डा कोलिया र भूइँमै राखेर उपचार गर्न थालिएको छ ।

कोरोना संक्रमितलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा अहिले क्षमताभन्दा बढी बिरामी छन् । २५ जना बिरामी उपचारको क्षमता भएको उक्त अस्पतालमा हाल ४२ जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पताल व्यवस्थापक दोर्ण बहादुर ओलीले बताए । 

‘अस्पतालमा सबै बिरामीलाई बेड छैन, अस्पतालका कोलिया, बरण्डामा राखेर पनि उपचार भइरहेको छ‘, उनले भने । अस्पतालको क्षमताभन्दा बढी बिरामी आएपछि उपचारका लागि बेड अभाव हुँदा चिसो भूइँमा राखेर उपचार गरिरहेको व्यवस्थापक ओलीको भनाइ छ ।

अस्पतालको बराण्डामा अहिले ६ जना बिरामीहरुको उपचार भइरहेको छ । यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि क्षमताभन्दा बढी कोरोनाका बिरामी राखेर उपचार गर्न वाध्यता छ । शुक्रवार मात्रै दाङमा २२९ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म जिल्लाका एक हजार तीन सय ६६ कोरोनाका सक्रिय विरामी रहेका छन् ।

तुलसीपुरमा अक्सिजनसहितको ५० बेडको आइसोलेसन सेन्टर बन्दै
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरमा अक्सिजनसहितको ५० बेडको कोरोना आइसोलेशन सेन्टर निर्माण गर्दैछ । 

तुलसीपुरस्थित भिमसेन शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र (मेट्रो हस्पिटल) मा निर्माण गरिन लागिएकोे उक्त आइसोलेशन सेन्टरको काम अन्तिम चरणमा पुगेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेले जानकारी दिएका छन् ।

अबको दुई/तीन दिनभित्र आइसोलेशन सेन्टर सञ्चालनमा आउने न्यौपानेले बताए । अहिले विद्युत्, धारा जडान, वाइरिङ, डाक्टर तथा नर्सका लागि आवास, चेन्जिङ रुम र शौचालयको निर्माण कार्य सम्पन्न भइसकेको छ । 

आइसोलेशन सेन्टर सञ्चालनमा आएपछि जिल्लाका कोरोना संक्रमितको उपचारका लागि सहज हुने उपमहानगरपालिकाले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)