ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक कल फोन गर्ने बित्तिकै घरमै चिकित्सक 

२०७८ बैशाख, ३०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

वैशाख ३०, रौतहट । रौतहटको राजदेवी नगरपालिकाले ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाएर घर दैलोमा नै स्वास्थ्य सेवा दिइरहेको छ । 

एक सातादेखि फोन गर्ने बित्तिकै चिकित्सक सहितको टोलीले घरमा नै पुगेर स्वस्थ्य सेवा दिन थालेका छन् । कोरोना कहरले सर्वसाधरण चिन्ता वा त्रासका कारण स्वास्थ्य संस्थासम्म नपुग्ने भएकाले ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाएर सेवा दिन थालिएको नगरपालिकाका स्वास्थ्य संयोजक चन्देश्वर साहले बताए । 

ज्वरो, रुघाखोकी, स्वास लिन कठिनाई, टाउको दुख्नेजस्ता समस्याहरु सर्वसाधरणमा देखिएकाले लक्षणको आधारमा स्वास्थ्य परीक्षण गरेर औषधी दिने गरेको उनको भनाइ छ । 

यद्यपी कोरोना संक्रमणका लक्षणका आधारमा एन्टिजेन तथा पीसीआर परीक्षणको व्यवस्था पनि मिलाइएको उनले जानकारी दिए । कोरोना संक्रमण भएर अक्सिजनको आवश्यकता परेका बिरामीहरूको लागि वडा नम्बर–३ चन्डियामा रहेको अस्पताल भवनमा १० बेडको आइसोलेशन बेड सञ्चालनमा रहेको छ । 

एक कल फोन गर्ने बितिकै, घरमै चिकित्सकको टोली पुग्ने र उपचार गर्ने व्यवस्था मिलाइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सुवोध साहले बताए । ‘नगरबासीको स्वास्थ्य प्रति नगरपालिका गम्भिर छ उनले भने, दुईजना डाक्टर सहित पाँचजना स्वास्थ्यकर्मीको ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाएर सेवामा खटिएका छौ’ । 

उपचारको अभावमा कोही नागरिकको मृत्यु नहोस् भनेर नगरपालिकाले आफूसँग भएको स्रोत, साधन र जनशक्तिको उपयोग गर्दै आएको उनको भनाइ छ ।

राजदेवी नगरपालिकाको ‘र्‍यापिड रेस्पोन्स टिम’ ले कोरोना संक्रमित भएर होम आइसोलेशनमा बसिरहेकाहरुलाई औषधी उपचार तथा आवश्यक परेमा थप उपचारको लागि वीरगञ्ज लगायत अन्य जिल्लामा लैजाने प्रबन्ध मिलाइरहेको जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)