ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जिल्ला अस्पताल रुकुममा अब कोभिडको मात्र उपचार

२०७८ बैशाख, ३१  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रवीर ददेल

रुकुम । रुकुम जिल्ला अस्पतालमा अब कोरोना संक्रमितको मात्र उपचार गरिने भएको छ । लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला अस्पतालका सबै शøयामा कोभिडका बिरामीको उपचार गर्न थालिएको हो । यसअघि केही शøयामा मात्रै उपचार भइरहेको थियो ।

कोभिड संक्रमित बिरामी बढ्दै गएपछि शøया थपिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य व्यवस्थापक विष्णुबहादुर बुढाथोकीले बताए । उनका अनुसार–स्वास्थ्य सेवा कार्यालय, स्टोर, आयुर्वेदिक शाखा, अस्पताल व्यवस्थापन समितिको कार्यालय, कार्यकक्ष सबैमा कोरोना संक्रमितको उपचारका लागि शøयाको व्यवस्था गर्न थालिएको छ ।

ती ठाउँमा सञ्चालित कार्यालयलाई केही समय बाहिरै राखेर सञ्चालन गरिने बुढाथोकीले बताए । ‘फरक–फरक ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्दा समस्या आउने भएपछि जिल्ला अस्पतालमा कोरोना संक्रमितको मात्र उपचार गर्न लागिएको हो,’ उनले भने ।

अहिले करीब डेढ दुई किमी दूरीको दुई ठाउँमा कोरोना संक्रमितलाई राखिएको छ । यसअघि जिल्ला अस्पताल र र मुसीकोट नगरपालिकाले भाडामा लिएका निजी अस्पतालमा कोरोना संक्रमितलाई उपचारका लागि राखिएको थियो । नियमित तथा अरू रोगका बिरामीको उपचार भने नगरपालिकाले भाडामा लिएको भवनमा गरिने जिल्ला अस्पतालका डा. राजकुमार भुजेलले बताएका छन् । ‘त्यसका लागि स्वास्थ्य सेवा कार्यालयले डाक्टर तथा स्वास्थ्यकर्मीको कार्यविभाजन गरेको छ,’ उनले भने ।

अरू नियमित बिरामीको पनि उपचार गर्नेगरी वैकल्पिक व्यवस्था मिलाइएको डा. भुजेलले बताए ।  यसअघि दुई ठाउँमा कोरोना संक्रमित राखे पनि डाक्टर तथा स्वास्थ्यकर्मीको अभाव देखिएको थियो ।

अहिले जिल्ला अस्पतालमा आठ शøयाको आइसोलेसन सञ्चालनमा छ । अब कोरोना संक्रमितको उपचारका लागि मात्रै आइसोलेसनसहित जिल्ला अस्पतालमा ७२ शøया हुनेछन् । अस्पतालले एम्बुलेन्स र शववाहन पनि खरीद गर्ने तयारी गरेको डा. भुजेलले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)