ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रौतहटमा निषेधाज्ञाको अवधि पुनः ७ दिन थप

२०७८ जेठ, ६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

जेठ ६, रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले पुनः ७ दिनको लागि निषेधाज्ञाको अवधि थप गरेको छ । जेठ ७ गतेदेखि १३ गते राति १२ बजे सम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम निषेधाज्ञाका अवधि थप गरेको सूचनामा उल्लेख छ ।

कोरोना संक्रमणको जोखिम कम गर्नका लागि निषेधाज्ञाको अवधि सात दिन थप गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । चौक तथा बजारमा मानिसको चहलपहल र भीडभाड बढेपछि रोक्नका लागि निषेधाज्ञाको अवधिमा थपिएको उनको भनाइ छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक काम बाहेक कुनै पनि व्यक्तिलाई घर बाहिर निस्कनका लागि निषेध गरीएको उनले बताए । 

स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपानी, दूध, फोहर मैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी, खाद्यान्न, तरकारी आपूर्ती बाहेकका अन्य सवै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, सवबाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिएको छ ।

होटेल, रेष्टुरेन्ट, कपडा पसल, जिमखाना, शैक्षिक संस्था, ब्युटी पार्लर तथा हाट बजारलाई बन्देज लगाइएको छ भने विवाह, व्रतवन्ध तथा मृत्यु संस्कार लगायतका संस्कारजन्य कार्यमा भौतिक दूरी कायम गर्दै बढीमा १५ जनासम्म उपस्थित हुन पाउने व्यवस्था गरिएको सूचना उल्लेख छ । 

रौतहटमा बिहीवार २८ जनामा संक्रमण पुष्टि भएको छ । गौर अस्पतालमा बिहीवार गरिएको पीसीआर परीक्षणमा २८ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । अहिलेसम्म रौतहटमा ८६४ जनामा संक्रमण पुष्टि भइसकेको छ । १२८ जना निको भइ घर फर्केका छन् ।

अक्सिजन प्लान्ट निर्माण हुने

कोरोनाको संक्रमण दर बढ्दै गएपछि चन्द्रपुरमा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । चन्द्रपुर नगरपालिका वडा नं. २ स्थित शहिद स्मृति पार्कको आइसोलेशनमा अक्सिजन प्लान्ट निर्माण हुने भएको हो ।

संघिय तथा प्रदेश संसाद र स्थानिय तहहरुको सहयोग अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय भएको छ । बिहीवार बसेको बैठकले अक्सिजनको अभावमा हुन नदिनका लागि तत्कालै प्लान्ट निर्माण गर्ने योजना रहेको संघिय संसद देव प्रसाद तिमल्सिनाले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)