ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेवा विस्तार गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

२०७८ जेठ, १७  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी

दाङ । कोरोनाका बिरामी बढ्दै गएपछि उपचार सहज बनाउन दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तारको तयारी थालेको छ । सेवा विस्तार एवं स्तरोन्नति गरेर एक हप्ताभित्रै उच्चस्तरीय प्रविधिबाट संक्रमित बिरामीको उपचार गरिने प्रतिष्ठानले बताएको छ ।

सेवा विस्तारअन्तर्गत आईसीयू सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले बताएकी छन् । ‘प्रतिष्ठानमा सेवा विस्तारको काम भइरहेको छ,’ उनले भनिन्, ‘एक सातामै आईसीयूसहितको उच्चस्तरीय प्रविधिबाट कोभिडका बिरामीको उपचार शुरू गर्छौं ।’

हाल कोरोनाको दोस्रोे लहरपछि संक्रमित बिरामीको मृत्युदर अत्यधिक बढेको र अस्पताल आउने सबैलाई अक्सिजन लगाउनुपर्ने अवस्था आएको उपकुलपति भण्डारीले बताइन् । सोही अवस्थालाई ध्यानमा राख्दै आईसीयू सेवा सञ्चालनको तयारी भइरहेको प्रतिष्ठानले बताएको छ । तत्कालका लागि १५ बेडको आईसीयू सञ्चालनमा ल्याइने र केही केही समयपछि क्षमता बढाएर २५ बेड पु¥याइने जानकारी दिइएको छ । आईसीयू सञ्चालनका लागि हाल विज्ञद्वारा प्रतिष्ठानका चिकित्सकलाई तालीम दिन थालिएको छ ।

उपकुलपति भण्डारीका अनुसार तालीम सम्पन्न भएलगत्तै आईसीयू पनि सञ्चालनमा आउने र कम्तीमा ३ महीना विज्ञसहितको टोलीले आईसीयूमा काम गर्नेछ । अस्पतालको सेवा विस्तारका लागि अहिले बजेटको अभाव नभएको उनले बताइन् ।

हाल ५५ बेडमा कोरोनाका बिरामीको उपचार गरिरहेको प्रतिष्ठानले दश दिनभित्र १०० बेडमा सेवा विस्तार गर्ने भएको छ ।

यसैगरी प्रतिष्ठानमा दुईओटा अक्सिजन प्लान्ट स्थापना गर्न थालिएको छ । नेपाल सरकारले अक्सिजन प्लान्ट स्थापनाका लागि रू. १२ करोड बजेट प्रदान गरेपछि प्रतिष्ठानले प्लान्ट खरीद प्रक्रिया पूरा गरेको छ । आवश्यक सामग्री खरीद भइसकेकाले अबको दश दिनभित्र अक्सिजन प्लान्ट स्थापना गरिने उपकुलपति भण्डारीले जानकारी दिएकी छन् ।

प्रत्येक बेडमा पुर्‍याइने अक्सिजनका लागि पाइपलाइन विस्तार लगायतका काम सम्पन्न भइसकेका छन् । प्रतिष्ठानले उच्च प्रविधिको एमआरआई मेशिन समेत जडान गर्ने भएको छ । एमआरआई मेशिन जडानका लागि सरकारले प्रतिष्ठानलाई रू. १५ करोड बजेट उपलव्ध गराएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)