ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चौरजहारी नपामा लक्ष्यभन्दा बढी राजस्व संकलन हुने

२०७८ जेठ, १९  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन हुने बताएको छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा नगरपालिकाले २ करोड ४६ लाख ८२ हजार रुपैयाँ संकलन गरिसकेको छ । यो कुल लक्ष्यको ८२ हो ।

चौरजहारी नगरपालिकाले चालू आवमा ३ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । राजस्वको लक्ष्य हासिल गर्न बाँकी ५३ लाख १७ हजार पनि सजिलै संकलन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए ।

चालू आवको उक्त लक्ष्य संशोधनपछिको हो । नगरपालिकाले शुरूमा २ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । गत फागुन १९ र २० गते भएको नगरसभाले त्यसलाई संशोधन गरी आन्तरिक राजस्व संकलनको लक्ष्य बढाएको हो । लक्ष्य सजिलै पूरा हुने भएपछि संशोधन गरेर राजस्व संकलनको लक्ष्य १ करोड बढाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए ।

नगरपालिकाले मालपोत कर, सम्पत्ति कर, व्यवसाय कर, बालुवा गिट्टी, सेवा शुल्क, दस्तुर, नगर बस सेवा, एम्बुलेन्स सेवा, शहीद स्मृति नगर अस्पतालबाट उठ्ने सेवा शुल्क, घर बहाल कर, नक्सा पास दस्तुर, प्रशासनिक दण्ड जरीवाना लगायत शीर्षकबाट राजस्व संकलन गरिरहेको बताएको छ । नगरप्रमुख विशाल शर्माले करको दायरा, जनशक्ति बढाइएकाले राजस्व संकलनको लक्ष्य पनि बढाइएको बताए ।

नगरसभाले प्रारम्भिक रूपमा निर्धारण गरेको लक्ष्यमा रू. १ करोड बढाइँदा पनि नगरपालिका सहजै हासिल गर्ने अवस्थामा गएको प्रमुख शर्माले बताए । वडाका कर्मचारीदेखि नगरपालिका र सरोकारवाला सबैको साथ, सहयोग र प्रतिबद्धताबाट यो सम्भव भएको उनको भनाइ छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)