ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढीबाट हुने क्षति न्यूनीकरणका लागि तटबन्ध निर्माण 

२०७८ जेठ, ३१  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

जेठ ३१, रौतहट । बाढी, डुवान, कटानको क्षति न्यूनीकरणका लागि वाग्मती तथा लालबकैया नदीमा तटबन्धको निर्माण कार्य शुरु भएको छ । 

उच्च जोखिममा रहेका रौतहटका विभिन्न स्थानहरुमा मनसुन शुुरु हुनु अघि नै बाँध मर्मत तथा निर्माण कार्य थालिएको हो । लालबकैया र वाग्मती नदीबाट करीब २६ स्थान उच्च जोखिममा रहेको छ । 

वाग्मती नदिबाट नेपाल भारत सीमा क्षेत्रको उत्तरसम्म साढे १७ किलोमिटर बाँध उच्च जोखिममा रहेको वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको प्रमुख अख्लाख सिद्धिकीले बताए । 

उनका अनुसार ब्रम्हपुरी, बसन्तपुर, मत्सरी, गंगापिपरा लगायतका स्थान उच्च जोखिममा पर्छ । नदीको बाँध निर्माण तथा मर्मतका लागि भने बजेट अभाव रहेको उनले बताए । बाँध निर्माणका लागि ४१ करोड ४९ लाख रुपैयाँ आवश्यक पर्ने भएकाले मन्त्रालय र विभागमा पत्रचार गरीएको उनको भनाइ  छ । 

अर्थ मन्त्रालयमा बजेट निकासाको लागि पठाईएको भएपनि अहिलेसम्म बजेट निकासा नभएका उनको गुनासो छ । वाग्मती नदीको १२ र बकैयाको १६ स्थान गरी २८ स्थानमा बाँध निर्माणको लागि उक्त रकम आवश्यक पर्ने उनले बताए । 

यस वर्ष साविकको भन्दा दोब्बर वर्षा हुने सम्भावना रहेकाले पूर्व तयारी थालिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए  । 

पूर्व तयारी अन्तर्गत सुरक्षा निकायका टोलीलाई उद्धार तथा राहत लगायतका कार्यको अभ्यास गराईएको उनले बताए । गौर नगरपालिका ५ स्थित बरहवा ताल किनारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना एकीकृत गरी अभ्यास गराईएको हो । बाढीको उच्च जोखिममा रौतहट रहेकाले जिल्ला विपत व्यवस्थापन समितिले पूर्व तयारीका लागि अभ्यास गरेको हो । 

विपतभन्दा पहिलेको पूर्व तयारीको अभ्यासले समस्या परेका बेला तत्काल समन्वय गरेर जनधनको क्षति कम गर्न सकिने प्रजिअ यादवले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)