ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीय तहको बजेट निर्माणमा कोरोना नियन्त्रण प्राथमिकता

२०७८ असार, ४  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रवीर ददेल

रुकुम । रुकुमका स्थानीय तहले बजेट निर्माण प्रक्रिया शुरू गरेका छन् । रुकुम पश्चिमका ६ ओटै स्थानीय तहले बजेट निर्माण प्रक्रिया थालेका हुन् । जिल्लाका स्थानीय तहका प्रमुखहरूको बैठकले कोभिड महामारीबाट जनताको सुरक्षा गर्ने कार्यलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तय गर्ने निर्णय गरेका छन् । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माको संयोजनमा हालै भएको बैठकमा विगतका कार्यक्रमको समीक्षा गर्दै आगामी वर्षका नीति तथा कार्यक्रम र बजेटमा समेट्नुपर्ने विषयबारे विस्तृत छलफल भएको छ । जिल्लास्थित ६ ओटै पालिकामा कोभिड–१९ महामारीका कारण अपेक्षित काम गर्न नसकिए तापनि प्राथमिकताका कार्यक्रम आधारभूत रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ ।

आगामी वर्षका लागि कोभिड महामारी न्यूनीकरण र विगतका अधुरा आयोजना सम्पन्न गर्ने कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने निर्णय भएको जिल्ला समन्वय समिति प्रमुख शर्माले जानकारी दिए ।

जिल्लाको मुसीकोट नगरपालिकामा दुग्ध उद्योग, चौरजहारी नगरपालिकामा बीउ प्रशोधन उद्योग, आठबीसकोट नगरपालिकामा ड्राइफुड र काष्ठ उद्योग सञ्चालनमा ल्याउने गरी नयाँ कार्यक्रम तय गर्ने निर्णय भएको छ । यसैगरी सानीभेरी गाउँपालिकामा गार्मेन्ट उद्योग, त्रिवेणी गाउँपालिकामा अदुवा प्रशोधन उद्योग र बाँफिकोट गाउँपालिकामा जलविद्युत् तथा गलैंचा उद्योग सञ्चालनमा ल्याउने कार्यक्रम बजेटमा समेटिने भएको छ ।

बैठकमा पूर्वमन्त्री एवं सांसद जनार्दन शर्माको पहलकदमी र पालिका एवं जिल्लास्थित सरकारी निकायका साथै स्वास्थ्य संस्थाको सक्रिय परिचालनका कारण जिल्लामा कोभिड महामारी नियन्त्रणबाहिर जान नपाएको निष्कर्ष पनि निकालिएको छ । बैठकमा पूर्वमन्त्री शर्माले कोभिड नियन्त्रणलाई उच्च प्राथमिकता दिएर नीति तथा कार्यक्रम तय गर्न पालिका प्रमुखहरूलाई आग्रह गरेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)