ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुसीकोट नगरपालिकाले ल्यायो साढे ७९ करोडको बजेट 

२०७८ असार, १०  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

असार १०, रुकुम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ दको बजेट साढे ७९ करोड विनियोजन गरेको छ ।

मुसीकोट नगरपालिका उप प्रमुख प्रेमकुमारी सुनारले नवौं नगर सभाको बैठकमा रू. ७९ करोड ५७ लाख ५७ हजार रुपैयाँ बराबरको बजेट प्रेश गरेकी हुन् ।

कुल विनियोजन रकममध्ये चालूतर्फ रू.४६ करोड ८७ लाख ७२ हजार अर्थात् ५८ दशमलव ९० प्रतिशत र पूँजीगततर्फ रू. ३२ करोड ६९ लाख ८५ हजार अर्थात् ४१ दशमलव १० प्रतिशत बजेट विनियोजन गरेको उपप्रमुख प्रेमकुमारी सुनारले जानकारी दिएकी छिन् ।

नगरसभामा उप प्रमुख सुनारले आगामी आर्थिक वर्षका लागि खर्च व्यहोर्ने स्रोतहरुमध्ये संघीय वित्तीय सामानिकरण अनुदान रू. १२ करोड ३५ लाख, संघीय सर्सत अनुदान रू. ४० करोड ७२ लाख २५ हजार, संघीय राजस्व बाँडफाँडबाट रू. ८ करोड ८५ लाख संघीय समपुरक अनुदान रू. १ करोड ३८ लाख,  प्रदेश सामानिकरण अनुदान रू. १ करोड ३३ लाख ४४ हजार र प्रदेश राजस्व बाँडफाँड रू. ९ लाख २० हजार रुपैयाँ रहेको छ । 

त्यस्तै, प्रदेश विशेष अनुदान ७५ लाख, प्रदेश समपुरक अनुनाद २ करोड ५ लाख, प्रदेश सर्शत अनुदान रू. ३ करोड ६७ लाख ७० हजार, नगरपलिकाको आन्तिरिक आय रू. ३ करोड र चालू आर्थिक वर्ष २०७७/०७८ को खर्च नभई मौज्दात रहेको रू. करोड गरी जम्मा ७९ करोड ५७ लाख ५७ हजार रुपैयाँ रहेको मुसीकोट नगरपालिकाले जानकारी दिएको छ । 

स्वास्थ्य पहिलो प्राथामिकतामा :

मुुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रलाई राखेको छ । नगरपालिका क्षेत्र भित्रकाा विद्यार्थीहरुले ‘कमाउदै, पढ्दै’ नीति अनुसार नगरभित्रत्र सञ्चालित एक माध्यमिक विद्यालय छनोट गरी सोही अनुसार पठनपाठन गरिने जानकारी दिएको छ । 

त्यतै, कोभिड १९ बाट शिक्षा क्षेत्रमा ठलो समस्या ल्याएको भन्दै बैकल्पीक शिक्षण विधी पहिचान गरी लागू गर्ने, सबै विद्यालहरुमा इन्टरनेट, माध्यमिक तहको पढाईलाई निःशुल्क बनाउने, आर्थिक रुपमा विपन्न, गरीब, दलित समुदाय र कोरोनाबाट अभिावक गुमाएका वालवालिकाहरुको लागि माध्यामिक तहसम्म निःशुल्क पठनपाठन गर्ने र नगर पालिका भित्रका सबै विद्यालयहरुका जिर्ण भवनहरुलाई विस्थापित गरी प्रदेश सरकारको साझेदारीमा सुविधा सम्पन्न भवन निर्माण गर्ने लगायतका क्षेत्रमा रू. २६ करोड ७२ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ । 

त्यस्तै, मुसीकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई समेत प्राथमिकतामा राखेका छ । कारोना महामारी रोकथाम तथा न्यूनीकरण, नर्सिङ तथा सामाजिक सुरक्षा र अति विपन्नलाई स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य संस्थाहरुमा अत्यावश्यकीय सामग्री वितरण लगायतका क्षेत्रमा ५ करोड १४ लाख रुपैयाँ विनियोजित मुसीकोट नगरपालिकाले जानकारी दिएको छ ।

त्यस्तै कृषि पर्यटन उद्योग, द्वन्दपीडित अपांग जेष्ठ नागरिक पशुपालन लगायतका क्षेत्रमा समेत प्राथमिकताका साथ बजेट विनियोजित गरेको जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)