ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश नं २ को पर्यटन प्रवर्द्धन अभियानमा निजीक्षेत्रको सक्रियता    

२०७८ भदौ, १४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

भदौ १४, वीरगञ्ज  । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ ले प्रदेशमा पर्यटन प्रवद्र्धनका लागि पहल गर्ने निर्णय गरेको छ । 

महासंघको पर्यटन तथा हवाई यातायात समितिले आयोजनामा सरोकारवालाहरूको छलफलले प्रदेश नं २ का पर्यटकीय गतिबिधि बढाउने र त्यसका लागि सरोकारका निकायसँग समन्वय गर्ने निर्णय गरेको हो । 

समितिले सोमवार विज्ञप्ति जारी गर्दै सीमाक्षेत्रमा भारतीय पर्यटकका लागि सहज वातारण बनाउन कार्य योजना तयार पारिने जानकारी दिएको हो । अहिले भारतीय सीमाबाट नेपालतर्फ सवारी साधनको आवागमन रोकिएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले सवारी साधान आवतजावतमा रोक लगाएपछि स्थलमार्ग भएर आउने भारतीय पर्यटकहरू आउन छोडेका छन् ।

यसका लागि नेपाल र भारत दुवैतर्फ सीमानामा खटिएका सुरक्षाकर्मीहरूसित समन्वय गरी भारतीय पर्यटकलाई सहज रुपमा आवागमनको व्यवस्था मिलाउन पहल गर्ने निष्कर्षमा पुगेको महासंघका प्रदेश अध्यक्ष गणेशप्रसाद लाठले जानकारी दिए । 

स्थानीय ट्याक्सी तथा अटोरिक्सा चालकलाई पर्यटकमैत्री व्यवहारसम्बन्धी चेतना अभिवृद्धिका लागि तालीम सञ्चालन गरिने पर्यटन तथा हवाई यातायात समितिका सहसंयोजक सञ्जय अग्रवालले बताए । ‘सवारी चालहरूलाई पर्यटकसित नम्र व्यवहार गर्ने, जथाभावी भाडा नलिने, तीव्र गतिमा सवारी नहाँक्नेजस्ता विषयमा तालीम दिने योजना बनाएका छौं,’ अग्रवालले भने । 

प्रदेश २ का पर्यटकीय सम्भावनाहरूको पहिचान र प्रचारप्रसारमा पनि महासंघले पहल गर्ने भएको छ । प्रदेशलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन जनकपुर, वीरगञ्ज, सिम्रौनगढ, पर्सा राष्टिय निकुञ्जलगायतका पर्यटकीय सम्भाव्यताको प्रभावकारी व्यवस्थापनमा पहल गरिने भएको छ । 

यही भदौ १६ गते गण्डकी प्रदेशको पोखराबाट बाराको सिमरासम्म हवाई सेवा सञ्चालन हुने लागेकोमा त्यसलाई स्थानीय पर्यटन  प्रवर्द्धनसँग जोडिने योजना महासंघले बनाएको छ । 

सो अवसरमा पहिलो उडानबाट सिमरा आउन लागेका गण्डकीका उद्योग, पर्यटन तथा वनमन्त्री मणिभद्र शर्मा कँडेलसहतिको टोलीलाई २ रात ३ दिन प्रदेश २ मै राखेर पर्यटकीय स्थलहरू भ्रमण गराउने योजना महासंघले बनाएको छ । 

यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने र यसबाट २ नम्बर प्रदेशको पर्यटन  प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास सह- संयोजक अग्रवालले व्यक्त गरे ।   

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)