ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१७ महीनापछि खुल्यो महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाका    

२०७८ भदौ, १५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो

भदौ १५, जलेश्वर । महोत्तरीको मूल भन्सार भिट्ठामोड सीमानाकाबाट १७ महीनापछि आवतजावत सञ्चालन भएको छ ।

कोभिड–१९ महामारीका कारण २०७६ साल चैत ११ गतेदेखि महोत्तरीको मुख्य भन्सार नाकाबाटै बन्द रहेको सर्वसाधारणको आवतजावत पुनः सञ्चालन भएको छ ।     
     
गत शुक्रवार, शनिवार र आइतवार जलेश्वर नगरपालिका–३ मलिवाराका वडाध्यक्ष सञ्जय पाण्डेको नेतृत्वमा करीब १०० जना सीमानाकामा धर्ना बसेपछि सो नाका भएर सोमवारदेखि सर्वसाधारणको आवतजावत खुला गरिएको वडाध्यक्ष पाण्डेले बताए।     
     
सो नाकाबाट मालवाहक ट्रक, टिप्परलगायत साधनहरु बन्दाबन्दीको बेला पनि निर्बाध रुपमा आवातजावत गरेका थिए । तर पैदल यात्रुलाई भने रोकिएको थियो । भन्सार भएरै पैदल यात्रुलाई आवतजावत गर्न नदिएपछि उनीहरु ५०० मिटर टाढा वन र खोल्सीको बाटो हुँदै नेपाल–भारत आउजाउ गरिरहेका थिए ।

मुख्य भन्सारबाटै आवागमन भएपछि सर्वसाधारण खुसी भएका छन् । सो नाकाबाट पैदल आवागमन शुरु भए पनि सवारी साधन अझै सञ्चालन भएको छैन । मालवाहक गाडीहरु पहिलेझैँ आउजाउ गरिरहेका छन् ।रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)