ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नारायणी अस्पतालमा स्वचालित अक्सिजन प्लान्ट स्थापना

२०७८ भदौ, १७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

भदौ १७, वीरगञ्ज  । वीरगञ्जको नारायणी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ । 

पर्सा क्षेत्र नम्बर २ का सांसद विमलप्रसाद श्रीवास्तव र वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले सो अक्सिजन प्लान्टको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

सांसद श्रीवास्तवको स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम र महानगरपालिको संयुक्त खर्चमा अक्सिजन उत्पादन प्लान्ट  निर्माण गरिएको हो । कोरोनाको तेश्रो लहरको जोखिमलाई मध्यनजर गर्दै अक्सिजन प्लान्ट  स्थापना गरिएको हो । 

बिरामीले अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस भन्नका लागि अक्सिजन प्लान्ट स्थापना गरिएको सांसद श्रीवास्तवले बताए ।

महानगर प्रमुख सरावगीले कोभिड–१९ को दोस्रो माहामारीमा वीरगञ्जलगायत धेरै स्थानमा अक्सिजनको अभावमा धेरै जनाले ज्यान गुमाएको अवस्थालाई ध्यानमा राखेर स्वचालित अक्सिजन प्लान्टको स्थापना गरिएको उल्लेख गरे । 

अब नारायणी अस्पताललाई चाहिने अक्सिजन यो प्लान्टबाट आपूर्ति गर्न सकिने उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)