ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिरहामा एक लाख ६२ हजारले लगाए खोप

२०७८ भदौ, १८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सिरहा । सिरहामा हालसम्म १ लाख ६२ हजारले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । २०७७ माघदेखि शुरू भएको खोप अभियानअन्तर्गत हालसम्म कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सनको गरी विभिन्न चरणमा १ लाख ६२ हजार जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताए ।

प्रमुख यादवका अनुसार सिरहामा १ लाख ११ हजारले पहिलो डोज र ५१ हजारले दुवै डोज खोप लगाइसकेका छन् । जिल्लाका ३० हजारले विभिन्न चरणमा भएको खोप अभियानअन्तर्गत अमेरिकी खोप उत्पादक कम्पनीको जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन्, जुन एक डोज मात्र लगाउँदा पुग्छ ।

यसैबीच, सिरहामा जापानले उत्पादन गरेको कोभिड–१९ विरुद्धको स्ट्रेजेनिका खोप लगाउन शुरू गरिएको छ । सिरहाको १७ स्थानीय तहमध्ये पहिलो चरणमा भदौ १६ र १७ गते १० स्थानीय तहमा र बाँकी सात स्थानीय तहमा भदौ १८ र १९ गते खोप लगाइने कार्यक्रम रहेको प्रमुख यादवले जानकारी दिए । तय गरिएको स्थानीय तहको स्वास्थ्य संस्थाबाट सर्वसाधारणलाई खोप लगाइने बताइएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)