सर्लाही । सर्लाहीको बागमती नगरपालिका–६ राजघाट पञ्चमुखी चोकमा रहेको घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी माछा फार्म प्रदेश २ कै उत्कृष्ट फार्मका रूपमा परिचित भएको छ ।
दुई दाजुभाइले राजघाटमा व्यावसायिक रूपमा करिब तीन वर्ष पहिला कृषि तथा पशुपक्षी माछा फार्म सुरु गरेका थिए । उनीहरुले अहिले करिब ५० लाख रुपैयाँको लागतमा घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका छन् । अहिले उक्त फार्ममा करिब १ करोड ५० लाखको भइसकेको छ । करिब चार बिघा क्षेत्रफलमा आधुनिक तरिकाले फार्म बनाएर एक हजार लोकल र ब्रोइलर कुखुरा, ५३ राँगा पाल्न थालेका दाजुभाइले १० हजार माछा पनि थपेका छन् ।
करिब ५० हजार माछा पाल्नका लागि पोखरी निर्माण गरी रहेको फार्मका सञ्चालक रामप्रसाद घिमिरेले बताए ।
दुई दाजुभाइले आप्mनो बगैंचामा विभिन्न प्रजातिका फलफूल तथा अमूल्य जडीबुटी र लोप हुन लागेका बिरुवा पनि लगाएका छन् ।
सुरुमा खर्च रकम धेरै लाग्ने डर रहेको भए पनि विस्तारै त्यो समस्या समाधान भएको र आप्mनो फार्म हेर्न आउने युवा नेपालमै बसेर केही गर्न सकिने रहेछ भन्ने मनसाय बनाएर फर्किने गरेको घिमिरेको भनाइ छ । रासस