राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–३ वडा कार्यालयको लापरवाहीले ३० दलित घरपरिवार सुुरक्षित नागरिक अवासबाट वञ्चित भएका छन् ।
गत आर्थिक वर्षमा नगरपालिकाले सुुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ३४१ घरपरिवारका लागि बजेट विनियोजन गरेको थियो । तर, वडा कार्यालयले समयमा खाता नखोलेपछि रकम फ्रिज भएको बताइएको छ ।
वडा सदस्य ओमप्रकाश साहका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आव ०७७/७८ का लागि ३० दलित घर छनोट गरे पनि स्थानीय देवकान्त चौधरीको जग्गामा उक्त निर्माण थालिएका घर परेपछि निर्माण रोकिएको छ ।
चौधरीले वडा कार्यालयमा लिखित निवेदनसहित सो जग्गामा निर्माण कार्य नगर्नू÷नगराउनू भनेकाले आवास निर्माण अलपत्र परेको कञ्चनरुपका राजकुमार साहले जानकारी दिए । तीमध्ये १३ जनाको घर उक्त जग्गामा परेको जनाइएको छ । रासस