भदौ १९, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको क्यापिटल तथा शेयर मार्केट समिति गठन भएको छ ।
संघका कार्य समिति सदस्य मुरली जलानको संयोजकत्वमा समिति गठन भएको हो । सो समितिको सदस्यमा ओमप्रकाश खनाल, कविता खड्का, जीतकुमार दाहाल र निरज अग्रवाल सदस्य छन् ।
त्यसैगरी ज्योति रुंगटा, टंकराज आचार्य, दीपककुमार सिंह जयप्रकाश साह र मोहित गुप्ता पनि समितिको सदस्यमा मनोनित भएका छन् । सो अवसरमा संयोजक जलानले मोफसलमा शेयर बजारबारेमा चेतना र व्यवसाय विस्तारका लागि रचनात्मक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संघका अध्यक्ष सुवोधकुमार गुप्ताले संघले शेयर बजारमा समस्याको समाधान र सम्भावनाको उपोयमा अग्रणी भूमिका निर्वाह गर्ने बताए ।