ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तटबन्ध कार्यालय कर्मचारीविहीन

२०७८ भदौ, २०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

महोत्तरी । महोत्तरीको जलेश्वरस्थित जनताको तटबन्ध फिल्ड कार्यालय–२ कर्मचारीविहीन बनेको छ । कर्मचारीको अभावमा कार्यालयको काम कारवाही प्रभावित भएको छ । कार्यालयमा प्रमुख, तीन इञ्जिनीयर, तीन सब–इञ्जिनीयर, एक लेखापाल र चारजना कार्यालय सहयोगी कार्यरत छन् । गत असारपछि कार्यालय प्रमुख र अन्य कर्मचारी आएका छैनन् । कार्यालय प्रमुख राजेन्द्रप्रसाद देव प्रायः काठमाडौंमै बस्छन् । उनको अनुपस्थितिमा अनिवार्य रूपमा कार्यालयमा हुनुपर्ने सूचना अधिकारी इञ्जिनीयर सुशील चौधरी पनि गत असारपछि आफ्नो घर जनकपुरमै बसिरहेको बताइएको छ ।

सो कार्यालय अहिले तीनजना कार्यालय सहयोगीको भरमा सञ्चालनमा छ । जिल्लामा बाढी आएपछि कार्यालयमा कार्यरत कर्मचारीको खोजीनीति शुरू भएको छ । विगत १० दिनमा महोत्तरी जिल्लाको रातो नदीमा ठूलो बाढी आएर सो कार्यालयले निर्माण गरेको तटबन्ध भत्काएर जिल्लाको बलवा नगरपालिका–४ को तिलगढ, रौजा र वडा नं ११ अधियानपुर गाउँका १ हजार बढी घर डुबानमा परेका छन् । यसबाट लाखौंको भौतिक क्षति भएको छ भने सयौं बिघा धानखेती नष्ट भएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)