ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमरा मालपोत कार्यालयद्वारा ४६ करोडभन्दा बढी राजस्व संकलन

२०७८ भदौ, २०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

भदौ २०, बारा । मालपोत कार्यालय सिमरा बाराले गत आर्थिक वर्षमा रू. ४६ करोड ३९ लाख ४३ हजार ९०० राजस्व संकलन गरेको छ । 

तीमध्ये घरजग्गा रजिष्ट्रेशन शुल्कबापत रू. २८ करोड ५३ लाख ८६ हजार, पूँजीगत लाभ करबापत १४ करोड ४७ लाख, रोक्का शुल्कबापत रू. तीन करोड ५९ लाख ७९ हजार, सेवा शुल्कबापत रू. १४ लाख ९००, विविध शुल्कबापत ११ लाख दुई हजार र पूँजी विक्री शुल्कबापत रू. २९ हजार संकलन भएको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयअन्तर्गत पिपरा सिमरा, भवानीपुर जीतपुर, छातापिपरा, रामपुर टोकनी, लिपनीमाल, बुनियाद, फत्तेपुर, डुमरवाना, मनहर्वा र इनर्वासिरा गाउँ  विकास समिति रहेको बताइएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)