भदौ २६, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नाला निर्माणको शिलान्यास गरेका छन् ।
नगरस्तरीय बजेटबाट निर्माण हुन लागेको ढलान सडक र नालाको सरावगीले शनिवार शिलान्यास गरेका हुन् ।
वर्षौदेखि जीर्ण अवस्थामा रहेको सडक र नाला निर्माणपछि त्यसक्षेत्रमा आवतजावतमा सहज हुने दाबी नगर प्रमुख सरावगीले गरे । सडक र नाला निर्माणपछि पानीको पनि उचित निकास हुने उनले बताए ।