ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्जमा अस्थायी सवारी चालक अनुमतिपत्र बितरण शुरू

२०७८ असोज, ७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

असोज ७, वीरगञ्ज  । वीरगञ्जको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र शाखाले सेवाग्राहीलाई बिहवारदेखि अस्थायी सवारी चालक अनुमतिपत्र बितरण शुरु गरेको छ ।

लाइसेन्स परीक्षा पास गरेर अनुमतिपत्र हात पार्न लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न उक्त कार्यालयले यस्तो उपाय निकालेको हो । यातायात व्यवस्था विभागले नयाँ तथा वर्ग थप गरेका चालकलाई १ वर्षका लागि यस्तो अस्थायी कार्ड उपलब्ध गराउने नीति लिएको छ । वीरगञ्ज कार्यालयले बिहीवार ५ जना सेवाग्राहीलाई कार्ड बितरण गरेर सेवा शुरू गरेको हो । 

स्मार्ट कार्ड छपाईमा भइरहेको ढिलाइले सेवाग्राहीलाई बेलामा कार्ड उपलब्ध गराउन समस्या भएपछि विभागले अस्थायी कार्ड उपलब्ध गराएर सहजीकरणको उपाय निकालेको हो । सेवाग्राहीलाई १ वर्षको परीक्षणकालीन कार्ड उपलब्ध गराइएको कार्यालयले बताएको छ । 

यातायात व्यवस्था कार्यालयमा आयोजित एक कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले सेवाग्राहीलाई अनुमतिपत्र हस्तान्तरण गरे । यातायात कार्यालयका प्रमुख सुशील साहले यसरी बाँडिएको कार्डको मान्य अवधि १ वर्षको हुने बताए । 

एक वर्षको परीक्षणकाल पूरा भएपछि सेवाग्राहीलाई स्मार्ट कार्ड उपलब्ध गराइने साहले जानकारी दिए । ‘यो व्यवस्थाले लाइसेन्सको ट्रायल पास गरेर कार्डका लागि वर्षौसम्म कुर्नुपर्ने बाध्यताको अन्त्य गरिदिएको छ,’ उनले भने, ‘प्रदेश २ का सबै कार्यालयहरूमा यो सेवा शुरू भइसकेको छ ।’

यातायात व्यवस्था विभागले क्यूआर कोडसहितको अस्थायी कार्ड ट्राफिक प्रहरी कार्यालय र यातायात कार्यालयका कर्मचारीले परीक्षण गर्न सक्ने प्रविधि विकास गरेको पनि साहले जानकारी दिए । 

सेवाग्राहीलाई सहज तरिकाले छटोछरितो सेवा दिनु सेवा प्रदायकको दायित्व भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । उनले अस्थायी अनुमतिपत्र बितरणको व्यवस्थाले सेवाग्राहीले भोग्नु परेका समस्या समाधानमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)