ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जग्गा विवादले हुलाकी सडक निर्माणमा असर

२०७८ असोज, १८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सप्तरी । जग्गा विवादका कारण पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरी खण्डको काम रोकिएको छ । जग्गासम्बन्धी विवाद भएपछि स्थानीयवासीले अदालतमा दायर गरेको मुद्दाका कारण सप्तरीका ठाउँ ठाउँमा सडक निर्माण रोकिएकोे हो ।

पूर्व सदरमुकाम राजविराजदेखि पश्चिम बलान खोलासम्मको २५ किलोमिटर सडकमध्ये पश्चिम बलान खोलादेखि जमुनी चोकसम्म करिब १८ किलोमिटर सडकमा कालोपत्र भए पनि बाँकी करिब ७ किलोमिटर सडक जग्गा विवादका कारण अघि बढाउन नसकिएको रौता श्रेष्ठ डिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमलप्रसाद यादवले बताए ।

बोदे बसाइन बजारको शत्रुघ्न चोकदेखि पूर्व र इलाका प्रहरी कार्यालयको पश्चिम भागमा कालोपत्र भइसकेको छ । तर जग्गा अधिग्रहण विवादले इलाका प्रहरी कार्यालय पूर्व र शत्रुघ्न चोकदेखि पश्चिम बीचको करिब ३०० मिटर सडक निर्माण अझै गरिएकोे छैन ।

बोदे बसाइन नगरपालिका–५ को उक्त सडकमा कब्रिस्तानको पर्खाल परेको र सो पर्खाल भत्काउन नमानेका कारण निर्माण अवरुद्ध भएको हो । सो क्षेत्रमा जग्गा अधिग्रहण गर्न स्थानीय तहले चासो नदेखाउँदा पनि समस्या समाधान हुन नसकेको स्थानीय बजारवासीको भनाइ छ ।

कब्रिस्तानको करिब डेढ मिटर पर्खाल सडकको मापदण्डमा परे पनि  भत्काउन नदिँदा त्यस खण्डमा निर्माण नगरिएको निर्माण व्यवसायी देवेन्द्र दहालले बताए । जग्गासम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन रहेको अवस्थामा जग्गा अधिग्रहण गर्न स्थानीय तह नगरपालिका र वार्ड कार्यालयले पहल नगरेकाले समस्या यथावत् रहेको उनको भनाइ छ ।
बोदे बसाइन नगरपालिकास्थित कुशमहार चोकमा पनि जग्गा विवाद कारण अदालतमा मुद्दा दायर गरिएकाले काम रोकिएको छ । यसैगरी सदरमुकाम राजविराजको खर्साल टोलदेखि राममन्दिरसम्मका विभिन्न व्यक्तिबाट अदालतमा मुद्दा परेकाले काम सम्पन्न गर्न ढिलाइ भएको छ । उक्त सडक निर्माण गर्ने  ठेक्केदार कम्पनी विरुद्ध उच्च अदालत राजविराज इजलाशमा फरकफरक व्यक्तिद्वारा चारओटा मुद्दा दायर गरिएको थियो ।

२०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भए पनि निर्माणका क्रममा विभिन्न स्थानका बासिन्दाले अदालतमा मुद्दा दायर गरेको र समयमा पुल निर्माण नहँुदा काम अपेक्षाकृत रूपमा अघि बढाउन नसकिएको म्यानेजर यादवले बताए । सप्तरीको बिहुँल नदी, खडक, कजरा, मुतनी, घोडदहलगायत नदीमा ११ ओटा पुलको निर्माण सम्पन्न नहुँदा आवागमनमा कठिनाइ भइरहेको स्थानीयवासीको गुनासो छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)