कात्तिक ७, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि लामखुट्टेको लार्भा मार्ने अभियान शुरु गरेको छ ।
जाडो मौसम शुरु भएसँगै वीरगन्ज महानगरपालिकामा लामखुट्टे बढेपछि सो अभियान थालिएको नगर प्रमुख विजयकुमार सराावगीले बताए ।
महानगरपालिका क्षेत्रमा लामखुट्टे बढेर नगरवासीलाई सास्ती भएपछि महानगरपालिकाले कात्तिक २ गतेदेखि अभियान शुरु गरेको उनले जानकारी दिए ।
महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १२ मा लार्भा मार्ने ब्लिचिङ पाउडर छरेको छ । नाला र खाल्डाखुल्डीमा जमेको पानीमा लामखुट्टेको लार्भा मार्ने ब्लिचिङ पाउडर छर्ने कार्य निरन्तर जारी राख्ने महानगरपालिकाले बताएको छ ।