ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शहरी विकास तथा भवन कार्यालय पर्सामा नियुक्ति विवाद : कर्मचारी संघर्षमा, कार्यालयको कामकाज ठप्प

२०७८ कार्तिक, ८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । शहरी विकास तथा भवन कार्यालय पर्साका कार्यालय प्रमुखले २२ जना कर्मचारी करारमा नियुक्त गरेपछि कार्यालयको कामकारबाही ठप्प भएको छ । कार्यालय प्रमुख रुद्रनारायण दासले नयाँ कर्मचारी नियुक्त गरेपछि त्यसअघि करारमा कार्यरत कर्मचारी संघर्षमा उत्रिएका हुन् ।

गत असारमा करार अवधि सकिएका कर्मचारीको करार नवीकरण नगरी कार्यालय प्रमुखले अन्य व्यक्तिलाई नियुक्ति दिएको भन्दै पुराना कर्मचारीले संघर्ष थालेका छन् । उनीहरूको संघर्षका कारण कार्यालयको दैनिक कामकारबाही अवरुद्ध भएको हो ।

असारमै करार सकिएका १९ जना प्राविधिकलगायत कर्मचारीलाई काममा लगाएर तलबसमेत नदिई बेरोजगार बनाएको आरोप उनीहरूले लगाएका छन् । संघर्षमा उत्रिएका कर्मचारीले आफूले काम गरेको अवधिको पारिश्रमिक पाउनुपर्ने, नियुक्तिमा पुराना कर्मचारीलाई प्राथमिकता दिइनुपर्ने, अहिले दिइएको नयाँ नियुक्ति बदर हुनुपर्ने माग अघि सारेका छन् ।

आफ्ना पाँचसूत्रीय माग राख्दै उनीहरूले आइतवार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् । शुरूमा कार्यालय प्रमुख दासलाई ज्ञापनपत्र बुझाउन शहरी विकास तथा भवन कार्यालयमा पुगेका थिए । कार्यालय प्रमुख अनुपस्थित भएकाले प्रशासनमा ज्ञापन बुझाइको इन्जिनियर रविनमनि साहले बताए । नयाँ नियुक्तिले विवाद भएपछि कार्यालय प्रमुख दास केही दिनदेखि प्रदेश राजधानी जनकपुरमा गएर बसेका छन् ।

आफ्ना माग पूरा नभएसम्म कार्यालयको कुनै पनि कामकारबाही अगाडि बढ्न नदिने र कार्यालय प्रमुख र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने पनि संघर्षरत कर्मचारीका अगुवा इन्जिनियर साहले बताए ।

कार्यालय प्रमुख दास भने २२ जना नयाँ करार कर्मचारी नियमानुसार नै नियुक्ति गरेको दाबी गर्दछन् । ‘असारमै करार सकिएका व्यक्तिहरूको आफूलाई नै नियुक्ति गर्नु पर्दछ भन्ने माग जायज छैन । उनीहरूलाई म चिन्दिनँ । कार्यालयका कामका लागि नयाँ कर्मचारी करारमा नियुक्ति गरिएको छ,’ दासले भने ।

कार्यालय प्रमुखले भौतिक पूर्वाधार मन्त्रालयको पत्रको अवज्ञा गर्दै व्यक्तिगत लाभका लागि नयाँ कर्मचारी नियुक्ति गरेको आरोप लगाइएको छ । मन्त्रालयले गत भदौ २७ गते कार्यालयलाई पत्र लेखेर आर्थिक वर्र्ष २०७८/७९ का लागि कारार वा दैनिक ज्यालादारीमा कर्मचारी नियुक्त गर्नुपरेमा साविकदेखि काम गर्दै आएका कर्मचारीलाई नियुक्ति गर्न निर्देशन दिएको थियो । कार्यालय प्रमुख दासले गत असोज २४ मा २२ जना नयाँ कर्मचारी नियुक्त गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [2]
User Image

Er.Alam

[Oct 25, 2021 08:33am]

Haami starting gare janata awas ko 1200 ghar ra ahile samma ko ghar compelete awastha vayema pani new karmchari haru le chalkhel gardai xa hami le gare ko kamkaj laae naya karmchari haru le gunastariya tarika le billing garna lageka hun??


User Image

Er.Alal

[Oct 25, 2021 07:41am]

Mantralay bata chhity aayeko ko ki karar tatha dainikjoladari ma niyukt vayeko karmchari laee matra miyad thap garidine.naki Naya karmchari niyukt garne, Ra janakpur mantralay ko aades anusar 10 yota karmchari matra rakhnu parne ho vane,sachip dipak dass g ko vanai ho. Tara yaha ta 22 yota rakhdiya xa ????



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)