वीरगञ्ज (अस) वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि लामखुट्टेको लार्भा मार्ने अभियान शुरू गरेको छ । जाडो मौसम शुरू भएसँगै वीरगन्ज महानगरपालिकामा लामखुट्टे बढेपछि सो अभियान थालिएको नगर प्रमुख विजयकुमार सराावगीले बताए । महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १२ मा लार्भा मार्ने ब्लिचिङ पाउडर छरेको छ । नाला र खाल्डाखुल्डीमा जमेको पानीमा लामखुट्टेको लार्भा मार्ने ब्लिचिङ पाउडर छर्ने कार्य निरन्तर जारी राख्ने महानगरपालिकाले बताएको छ ।