ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग निजीक्षेत्र डराउनु पर्दैन’

२०७८ कार्तिक, १५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

वीरगञ्ज (अस) । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले निजीक्षेत्र निजीक्षेत्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग डराउन आवश्यक नभएको बताएका छन् । विभाग र वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रवार वीरगञ्जमा आयोजना गरेको अन्तरक्रियामा महानिर्देशक भट्टराईले यस्तो बताएका हुन् ।

राज्यको नियम कानूनको अधीनमा रहेर वैध व्यापार गर्ने कोही पनि विभागसँग डराउनुनपर्ने उनले स्पष्ट पारे । ‘वैध व्यापार गर्नेले विभागसँग कुनै किसिमको डर र त्रास मान्नु पर्दैन,’ अन्तरक्रियाका क्रममा उठेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने ।

सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न अन्तरराष्ट्रिय क्षेत्रबाट प्रयास हुँदै आएको भट्टराईले बताए । आपराधिक कार्यबाट आर्जित सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा लगानीसम्बन्धी अपराधलाई निस्तेज पार्न सबैको सहयोग र सहकार्यमा पनि उनले जोड दिए ।

कार्यक्रममा संघका अध्यक्ष सुबोधकुमार गुप्ताले सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे निजीक्षेत्रमा अन्योल रहेको बताए । ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको कार्यक्षेत्र र के कस्ता वित्तीय अपराधमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान प्रभावकारी हुन्छ भन्नेबारे अहिलेसम्म पनि निजीक्षेत्रमा अन्योल छ,’ उनले भने, ‘यसबारे सरोकारका पक्ष स्पष्ट हुनुपर्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)