कात्तिक २३, वीरगञ्ज । वीरगञ्जस्थित रेडियो सान्भीले प्रथम रेडियो सान्भी म्युजिक अवार्ड - २०७८ आयोजना गरेको छ ।
सोमवार साँझ वीरगञ्जमा भएको एक समारोहका बीच अवार्ड घोषणा गरिएको हो । नेपाली भाषाको गीततर्फ सञ्जु अमात्य उत्कृष्ट गायक भएका छन् । भोजपुरी भाषातर्फ उत्कृष्ट गायकको उपाधि सुनील पडितले पाएका छन् । गायिका दीपशिखा मिश्रले उत्त्कृष्ट गायिकाको उपाधि हात पार्न सफल भएकी छन् ।
रेडियो सान्भीले पर्सा जिल्लालाई आधार बनाएर गीत संगीतको क्षेत्रमा क्रियाशील कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले अवार्ड कार्यक्रम गरिएको बताएको छ ।
लामो समयदेखि गीत संगीतको क्षेत्रमा योगदान दिएका गणेश परियार र अनिलकुमार वर्मालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो ।
उत्कृष्ट नव गायक, नव गायिका, उत्कृष्ट संगितकार, गीत, लोकगीत, उत्कृष्ट संगीत समूहलगायत एक दर्जनभन्दा बढी विधामा अवार्ड दिइएको थियो । यो अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो ।