ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राजस्व छलेको आरोपमा ट्रक, किराना र हार्डवेयर सामान नियन्त्रणमा

२०७८ मंसिर, ३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ३, वीरगञ्ज । भन्सार छलेको आरोपमा प्रहरीले वीरगञ्जमा एउटा ट्रकसहित मालसामान नियन्त्रणमा लिएको छ । ट्रक चालकलाई पनि पक्राउ गरिएको प्रहरीले बताएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साले बिहीवार वीरगञ्जको घण्टाघर नजिकै ना ६ ख १३७ नम्बरको मालबाहक ट्रकमा खुद्रा तथा हार्डवेयरलगायतका मालसामान नियन्त्रणमा लिएको हो । 

भन्सार छलेको सामान रूपन्देहीतर्फ लैजादै गरेको सूचनाका आधारमा ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । 

ट्रकलाई चेकजाँच गर्दा विलबिजकभन्दा बढी किराना तथा हार्डवेयर सामान भेटिएको प्रहरीले बताएको छ । 

चालक मकवानपुर राक्सीराङ गाउँपालिका ३ का सुनबहादुर थिङसहित ट्रक र मालसामान राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जानकारी दिएको छ । 

नियन्त्रणमा लिइएको मालसामान तथा ट्रकको मूल्य ५० लाख रहेको अनुमान  प्रहरीको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)