मंसिर ९, वीरगञ्ज । वीरगञ्जको महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शेयर सदस्यहरूलाई १८ प्रतिशत लाभांश दिने भएको छ ।
बिहीवार संस्थाको २१ औं वार्षिक साधारण सभाको अवसरमा सो जानकारी दिइएको हो ।गत आर्थिक वर्ष २०७७/ ७८ मा संस्थाले २ करोड ३८ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको अध्यक्ष इश्वरचन्द्र गौतमले बताए । सो वर्ष ५ करोड १६ लाख आय र २ करोड ७८ लाख खर्च भएको गौतमले जानकारी दिएका छन् ।
सभाको उद्घाटन वीरगञ्ज महानगरकी उपप्रमुख शान्ति कार्कीले गरेकी थिइन् । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय गहवामाई मन्दिरको पुनर्संरचनाका ६ लाख रुपैयाँ खर्च गरेको छ ।
साधारण सभाले गौतमको अध्यक्षतामा ४ वर्षको लागि सञ्चालक समिति र प्रद्युमन सेढाइको संयोजकत्वमा लेखा समिति चयन गरेको संस्थाका व्यवस्थापक जीतेन्द्र वर्माले जानकारी दिए ।