मंसिर २३, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा कोभिडविरुद्धको खोप अभियान शुरु गरेको छ ।
नगरका सार्वजनिक स्थनमा सर्वसाधारणले खोप लगाउन सक्ने गरी अभियान थालिएको महानगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । अभियानको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावगीले उद्घाटन गरे । अहिले ३७ ओटा खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाउँदै आएको जानकारी महानगरपालिकाले दिएको छ ।
महानगरपालिकाले हालै खोप भण्डारण कक्ष सञ्चालनमा ल्याएकाले खोपको व्यवस्थापन सहज भएको बताएको छ । महानगरले नगरका सबै बासिन्दालाई अभियानमा सहभागी हुन आग्रह पनि गरेको छ ।
महानगरले उक्त अभियानअन्तर्गत पहिलो चरणमा भेरेसेल खोपको दुवै मात्रा लगाउने र त्यसपछि कोभिसिल्डको खोप लगाउने योजना बनाएको छ ।