ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रौतहटको ग्रामीण भेगमा वित्तीय संस्था स्थापना हुने क्रम वृद्धि भएसँगै आर्थिक गतिविधि बढ्यो 

२०७८ मंसिर, २५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
रौतहटको ग्रामीण भेगमा हालै स्थापना भएको एनआईसी एशिया बैंक अगाडि सर्वसाधारणको भीड । तस्वीर आर्थिक अभियान
author avatar अभियान संवाददाता

मंसिर २५,रौतहट  । रौतहट जिल्लाको ग्रामीण भेगमा वित्तीय संस्थाका शाखा कार्यालय स्थापना हुने क्रम तिव्र रुपमा वृद्धि भएसँगै आर्थिक गतिविधि बढेको छ । 

नेपाल राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंक तथा लघुबित कम्पनीका शाखा कार्यालय रौतहटका अधिंकाश स्थानिय तहमा स्थापना भएका छन् । प्रत्येक स्थानिय तहमा बैंक तथा वित्तीय संस्था पुर्‍याउने नीति सरकारले अवलम्बन गरेपछि स्थानिय तहमा स्थापना भएका वित्तीय संस्थाका कारण ग्रामीण क्षेत्रको आर्थिक रुपान्तरणमा पनि क्रमशः परिवर्तन आउन थालेको छ ।

यसअघि ग्रामीण भेगमा रहेका सर्वसाधरण, कृषक, व्यापारी वा अन्य पेशाकर्मीलाई बैंकिङ कारोबार गर्न शहरी क्षेत्रका बजारसम्म पुग्नु पर्ने बाध्यता रहेको थियो । तर अहिले गाउँ- गाउँमा नै बैंकका शाखा, लघुबित तथा सहकारी खुलेपछि आर्थिक कारोबारमा सहज भएको स्थानियले बताएका छन् । 

केहि वर्ष अघिसम्म बैंकिङ कारोबार गर्नका लागि करीब १५ किलोमिटर यात्रा गरेर चन्द्रनिगाहपुरसम्म पुग्नु पर्ने समस्या रहेको गुजरा नगरपालिका अम्तवाका स्थानिय धर्मेन्द्र चौधरीले बताए ।

तर स्थानिय तहका गाउँ - गाउँमा नै बैंक, लघुबित तथा सहकारी संस्था स्थापना भएपछि यहाँका बासिन्दालाई निकै सहज भएको र आर्थिक गतिविधि बढेको उनले बताए । ग्रामीण भेगका बासिन्दाको अहिले आएर वित्तीय संस्थामा पहुँचमा पुगेको उनको भनाइ छ ।

स्थानिय तहमा स्थापना हुन थालेका वित्तीय संस्थााबाट स्थानियलाई सजिलो मात्र भएको छैन ग्रामीण अर्थतन्त्रमा पनि सुधार हुँदै गएको छ । जिल्लाको ग्रामीण भेगमा रहेको गुजरा नगरपालिकाको आर्थिक कारोबारका काम बैंकमार्फत नै हुने गरेको नगर प्रमुख सन्तलाल चौधरीले बताए । 

उनले स्थानिय तहकोे ८० प्रतिशत काम बैंकबाटै हुने गरेको भन्दै सामाजिक सुरक्षा भत्ता बैंकमार्फत अनिवार्य गरिएको पनि बताए । विद्यालय तथा अन्य सङ्घसंस्थाको पनि आर्थिक कारोबार स्थानिय बैंकबाट नै हुन्छ ।

वित्तीय साक्षरता नभएका कतिपयले भने बैंकिङ प्रणालीलाई झन्झटिलो मान्ने गरेको पाइएको छ । त्यसलाई अन्त्य गर्न विश्वसनीय वातावरण तयारी गरी बैंकले सहजीकरणको भुमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

बैंकले कृषि कर्जामा दिएको प्राथमिकताले कृषि क्षेत्रको विकासमा सुधार, लगानी वृद्धि र व्यावसायिक कृषिको वातावरण ग्रामीण भेगमा बनाएका छन् ।  स्थानिय तह, विद्यालय, उपभोक्ता समिति, सहकारी संस्थालगायतले केहि समययता वित्तीय सुशासन एवं आर्थिक पारदर्शी बनाउन उल्लेख्य सहयोग गर्दै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)