ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धनसार खोलामा झोलुंगे पुल बनेपछि स्थानीय हर्षित 

२०७८ मंसिर, २६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २६, रौतहट । धनसार खोलामा पुल बनेपछि गुजरा नगरपालिका वडा नं. ३ सिम्रीका कृषक हर्षित भएका छन् । पुल नहुँदा यस क्षेत्रमा उत्पादित कृषि उपजलाई बजारीकरणमा समस्या हुँदै आएको थियो । 

तर, अहिले खोलमा झोलुंगे पुल निर्माण भएपछि कृषि उपज बजारीकरणमा समस्या नुहने कृषकहरु बताउँछन् । अन्न, तरकारी, फलफूल तथा अन्य बाली यस क्षेत्रमा उत्पादन हुने गरेको कृषक अन्तरे लामाले बताए । 

उत्पादित कृषि उपजलाई अन्य नजिकैको बजारसम्म लैजानका लागि झोलुंगे पुल उपयोगी भएको उनको भनाइ छ । यो पुलले गर्दा गाँउमा विस्तारै चहलपहल बढ्ने र आर्थिक गतिविधिमा टेवा पुग्ने उनले बताए । 

सिम्रि र जंगलसहिया जोड्ने उतm झोलुंगे पुलको निर्माण भएपछि दुवै स्थानका बासीलाई आवतजावतमा सहज भएको छ । गुजरा नगरपालिकाको २७ लाख रकमबाट खोलामा झुलुंगे पुल बनेको हो । यस क्षेत्रका अधिकांश बासिन्दा कृषिमा संग्लन रहेका पुल बनेपछि उनीहरुको दैनिकीमा सहज हुने गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले बताए । 

विशेषत वर्षायाममा आउने धनसार खोलाको बाढीले गर्दा आवतजावतमा कठिनाई भोग्दै आएका त्यहाँका बासिन्दालाई सहज भएको उनको भनाइ छ । झोलुङे पुलको शिलन्यास तथा उद्घाटन आफैले गर्न पाँउदा खुसी लागेको छ उनले भने । 

भौगोलिक दृष्टिकोणबाट पछि रहेको सिमरी टोललाई क्रमशः विकासका योजना लैजाने उनले बताए । केही वर्ष अघि मात्र उक्त गाँउमा विद्युतीकरण भएको हो । करीब २५० घरधुरी रहेको गाँउमा एक निम्न माध्यमिक विद्यालय छ भने स्वास्थ सडक लगायतका पूर्वधार पनि पुगेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)