पुस ३, वीरगञ्ज । प्रहरीले वीरगञ्जका विभिन्न स्थानबाट भन्सार छलेर भित्रिएको चिनी र कपडा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार शुक्रवार वीरगञ्जको इनर्वा गाउँ, नगवा र छपकैयाबाट करीब ९ लाख १७ हजार रुपैयाँबराबरको ती सामान नियन्त्रणमा लिइएको हो ।
अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा ठूलो परिमाणमा कपडा र चिनी नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । नियन्त्रणमा लिइएको चिनी र कपडा आवश्यक कारवाहीको लागि शुक्रवार नै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले बताएको छ ।