पुस १०, वीरगञ्ज । भन्सार छलेर बीलविजकभन्दा बढी मालसामान बोकेको ट्रक र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले राजस्व अनुसन्धानको जिम्मा लगाएको छ ।
लत्ताकपडा तथा खुद्रा मालबस्तुहरू लोड गरी वीरगञ्जबाट हेटौंडा जाँदै गरेको शुक्रवार राति वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।
ना ३ ख ७४८ नम्बरको मालवाहक ट्रकमा लोड भएको सामानको मूल्य करीब २५ लाख रुपैयाँबराबर भएको प्रहरीको अनुमान छ ।
चालक मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका वडा नं १० का प्रेमबहादुर स्याङ्बो तामाङलाई समेत कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको खनालले जानकारी दिए ।