ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खेतीको समयमा नै मल नपाउँदा सर्लाहीका किसान चिन्तित

२०७८ पौष, ११  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

पुस ११, सर्लाही । यहाँका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन् । हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सर्लाहीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको छ ।

जिल्लामा अहिले गहुँबालीको समय रहेको र गहुँबालीमा मल हाल्न नपाउँदा आफूहरुको मेहनत खेर जानेचिन्ता बढेको किसान रामपुकार महत्तोले गुनासो गरे ।

मलखाद नपाएर किसानलाई बाली विग्रिने चिन्ताले सताएको छ । यहाँ मलखादका विक्रेताले मलखाद चर्को मूल्यमा बाहिरै बेच्ने गरेको किसानको आरोप छ । 

सर्लाहीमा युरिया एक हजार बोरा र डिएपी ८०० बोरा आयात भएकामा युरियाप्रति बोरा रू. ८१५ र डिएपी मल प्रतिबोरा रू. दुई हजार २६५ मा सहकारी संस्थामार्फत विक्रीवितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख दीपक थापा मगरले बताए । 

उनका अनुसार स्थानीय निकायको सिफारिसमा आएका डिलरलाई कार्यालयमा आएको मल दामासाहीले वितरण गरिएको छ । डिलरवालाले सरकारी अनुदानमा पाएको मलखाद चर्को मूल्यमा विक्रीवितरण गरिरहेको किसानको आरोप छ । 

सरकारी अनुदानको मलखाद जिल्लाका ग्रामीण क्षेत्रमा रहेका किराना पसलदेखि औषधि पसलमा समेत खुलेआम चर्को मूल्यमा विक्रीवितरण भइरहेको किसानले बताएका छन् । 

जिल्लामा सरकारी अनुदानमा आएको युरिया मल अहिले प्रतिबोरा रू. एक हजार २०० देखि रु एक हजार ५०० र डिएपी मल रू. तीन हजारदेखि रू. तीन हजार ५०० सम्ममा किन्न बाध्य भएका छन् । 

कृषि सामग्री कम्पनी लिमिटेडले विक्री वितरण गरेको मलको वस्तुगत अवलोकन तथा अनुगमन गर्नुपर्ने स्थानीय निकाय र जिल्ला प्रशासन कार्यालय निष्क्रिय भएका कारण अहिले आफूहरुले चर्को मूल्यमा मलखाद खरीद गर्नुपरेको उनीहरुको आरोप छ । 

कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय निकायले सिफारिस गरेका कृषि सहकारीलाई सरकारी दरमा मल दिएको जनाउँदै अनुगमनको काम आफ्नो नभएको भन्दै पञ्छिने गरेको छ । 

जिल्लामा रहेका २० पालिकाले सिफरिस गरेका १७० कृषि सहकारीमार्फत कार्यालयले मल वितरण गरी रहेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)