ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बारामा ३ अर्ब ५४ करोडको अगहनी धान उत्पादन

२०७८ पौष, १६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

बारा । बारामा किसानले यस वर्ष ३ अर्ब ५३ करोड ९४ लाख बराबरको एक लाख ४१ हजार ५७७ मेट्रिकटन अगहनी धान उत्पादन गरेका छन् । उत्पादित धान व्यापारीले प्रतिक्विन्टल २ हजार ५०० का दरले खरीद गरेका छन् । अगहनी धान उत्पादनमा गतवर्षको तुलनामा ५० प्रतिशतले कमी आएको कृषि ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । यस वर्ष किसानले सोना मन्सुली, सावित्री, स्वर्णसवा १, सवा मन्सुली, राधा ११ र राधा ९ जातका धान ३४ हजार ११५ हेक्टरमा लगाएका थिए ।    

बाली विकास अधिकृत राजकरण साहका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा किसानले अगहनी धान ३४ हजार १६५ हेक्टर क्षेत्रफलमा लगाएका थिए । प्रतिहेक्टर चार दशमलव २५ मेट्रिक टनका दरले एक लाख ४५ हजार २०१ मेट्रिक टन धान उत्पादन भएको थियो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)