ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भन्सार छलेर भित्रिएको सामान प्रहरीले राजस्व अनुसन्धानलाई बुझायो 

२०७८ पौष, १८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

पुस १८, वीरगञ्ज । भन्सार छलेर भित्रिएको मासलमान लोड भएको ट्रक र चालकलाई पर्सा प्रहरीले राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । 

प्रहरीले ट्रक र चालक चितवन राप्ती ४ का सुरेशकुमार लामालाई आइतवार पथलैयास्थित कार्यालयमा पुर्‍याएको हो ।

विलविजकभन्दा बढी खुद्रा मालसमान र औषधी लोड गरी पोखरा लैजाँदै गरेको अवस्थामा ना ६ ख ६६६७ नम्बरको मालवाहक ट्रक वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए । 

भन्सार छली ल्याइएका खुद्रा सामानहरू तथा औषधी फेला परेको प्रहरी नायव उपरीक्षक खनालले बताए । मालसामानको मूल्य ६५ लाख रुपैयाँ बराबर रहेको प्रहरीले बताएको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)