ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भन्सार छलीको सामान नियन्त्रणमा

२०७८ पौष, १९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

वीरगञ्ज (अस) । भन्सार छलेर भित्रिएको मालसामान लोड भएको ट्रक र चालकलाई पर्सा प्रहरीले राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । प्रहरीले ट्रक र चालक चितवन राप्ती ४ का सुरेशकुमार लामालाई आइतवार अनुसन्धानको पथलैयास्थित कार्यालयमा पुर्‍याएको हो ।

बिलबिजकभन्दा बढी खुद्रा मालसामान र औषधि लोड गरी पोखरा लैजाँदै गरेको अवस्थामा ना ६ ख ६६६७ नम्बरको मालवाहक ट्रक वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

भन्सार छली गरी ल्याइएका खुद्रा सामान तथा औषधि फेला परेको प्रहरी नायव उपरीक्षक खनालले बताए । मालसामानको मूल्य ६५ लाख रुपैयाँबराबर रहेको प्रहरीले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)