ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘केन हार्भेस्टर’ मेशिन भित्रिएपछि रौतहटका उखु कृषक हर्षित

२०७८ पौष, २५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

पुस २५, रौतहट । एकै साथ उखुलाई काट्ने र लोड गर्ने प्रविधिको मेशिन भित्रिएपछि रौतहटका कृषक हर्षित भएका छन् । 

पहिलो पटक जिल्लामा ल्याइएको केन हार्भेस्टर मेशिनको सफल परीक्षण भएपछि सञ्चालनमा ल्याइएको छ । बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज (चिनि उधोग) कटहरियाले करीब ९६ लाख भारतीय रुपैयाँमा केन हार्भेस्टर मेशिन ल्याएको हो । यस यन्त्रको प्रयोगले उखु खेतीमा सहज हुने र कृषकको लागत कम हुने स्थानीय प्रकाश श्रेष्ठले बताए । 

पछिल्लो समयमा उखु खेती तर्फ निराश भएका कृषकलाई यस्ता किसिमका यन्त्रले प्रोत्साहित गर्ने उनको भनाइ छ । परम्परागत तरिकाले उखु काट्दा मजदूर नपाईने, धेरै समय लाग्ने तथा खर्च बढी हुने गरेको कृषकहरु बताउँछन् । 

तर, यस्ता किसिमको यन्त्रको प्रयोगले खेतीमा सरल र सहज हुने स्थानीय कृषक दुर्गा यादवले बताए । प्रतिघन्टा २०० क्वीन्टल उखु काटेर लोड गर्ने सक्ने केन हार्भेस्टर मेशिनको क्षमता छ । 

उखु काट्न, लोड गर्ने तथा ढुवानीमा गरी प्रति क्वीन्टल करीब १०० रुपैयाँ बचत हुने बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिजका सञ्चालक तथा उद्योगपति बैजु बाबराले बताए । उनका अनुसार यस मेशिनको प्रयोगले उद्योगलाई पनि फाईदा पुगेको छ । 

उखु काट्ने बित्तिकै कृषकले चिनि मिलमा ल्याउँदा ताजा हुने र समयमा नै उद्योगले उखु पाउने उनको भनाइ छ । 

बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिजले उखु कृषकलाई कृषि प्राविधिक सल्लाहसँगै समयमा नै भुक्तानी दिने गरेको उद्योगपति बाबराले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)