ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीस व्यापारीमाथि कारबाही

२०७८ पौष, २७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जनकपुर । गुणस्तर तथा नापतौल कार्यालयले महोत्तरीका विभिन्न स्थानका २० व्यापारीमाथि कारबाही गरेको छ । अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती व्यापारीमाथि कारबाही गरेर १२ हजार ७३० जरिवाना गरिएको कार्यालयले बताएको छ । महोत्तरीका विभिन्न स्थानका ५६ वटा व्यापारिक फार्ममा अनुगमन गरिएकामा २० व्यापारिक फार्मले कम तौल र गुणस्तरहीन सामान विक्री गरेको पाइएपछि कारबाही गरिएको कार्यालय प्रमुख रजनीश झाले जानकारी दिए ।

पशुपति नमकिन उद्योग, खुश्बु नमकिन तथा दालमोट उद्योग, राहुल पाउरोटी उद्योग, विशाल किराना पसल, जोया इलेक्ट्रोनिक्स एण्ड हार्डवेयर पसलले उपभोक्तालाई ठग्दै आएको पाइएकाले अब उप्रन्त यस्तो नगर्न नसिहतसमेत दिइएको उनको भनाइ थियो । यस्तै जनकपुरधामस्थित माछा बजारमा अनुगमनका क्रममा करिब दुई दर्जन पसलबाट पुराना ढक, तराजु नियन्त्रणमा लिइएको छ । लामो समयदेखि भारतीय ढक तराजु प्रयोग गरी कम तौलमा उपभोग्य सामान विक्री गरिरहेको गुनासो आएकाले त्यस्ता ढक तराजु नियन्त्रणमा लिएर मान्यताप्राप्त ढक तराजु मात्र प्रयोग गर्न व्यापारीलाई निर्देशन दिइको जानकारी दिइएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)