ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

झोलुंगे पुल निर्माण तीन वर्षदेखि अलपत्र

२०७८ माघ, ३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

पर्सा । पर्साको धोबिनी गाउँपालिका–१ घोरदाउरा टोलस्थित ओरिया खोलामा झोलुंगे पुल निर्माण लामो समयदेखि अलपत्र परेको छ । पुल निर्माणका लागि उपभोक्ता समितिको नाउँमा हालसम्म करीब ५२ लाख ९९ हजार पेश्की रकम लिइए पनि काम हुन नसकेको गाउँपालिकाले बताएको छ ।

उपभोक्ता समितिले पुल निर्माणका लागि तीन वर्षअगाडि नै गाउँपालिकाबाट पटकपटक गरी ५२ लाख ९९ हजार पेश्की लिएको भए पनि १० प्रतिशत पनि काम हुन नसकेको गाउँपालिकाले जानकारी दिएको छ । हालसम्म दुईओटा अधुरा पिलर निर्माण गरेर पुल निर्माण रोकिएको थियो । ‘पुल निर्माणका लागि उपभोक्ता समितिले ठूलो रकम पेश्कीस्वरूप लिइएको भए पनि सो रकम त्यस कार्यमा खर्च गरिएको छैन,’ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद साहले भने, ‘अब अनुसन्धान गरी नियमानुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।’ कार्यालयबाट लिइएको पेश्की रकम ब्याजसहित दाखिला गर्न यसअगावै गाउँपालिकाले उपभोक्ता समितिलाई पत्राचार समेत गरिसकेको छ ।

गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०७५/७६ मा तीन महीनाभित्र पुल बनाउन गाउँपालिका र समितिबीच सम्झौता भएको थियो । महालेखा परीक्षकको आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदनले सम्झौता अवधिसम्म काम नसकिएकाले ब्याजसमेत लगाई असुल गर्न गाउँपालिकालाई निर्देशन दिएको छ । सम्झौतानुसार आठ महीनामा पुल निर्माण गर्नुपर्नेमा हालसम्म १० प्रतिशत पनि काम नभएको प्रतिवेदनमा उल्लेख छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)