ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रशासन कार्यालयमा आलोपालो सेवा

२०७८ माघ, ३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

वीरगञ्ज । कोभिडको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिँदै गएपछि सम्भावित जोखीम न्यूनीकरण गर्ने उद्देश्यले पर्सा जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई आलोपालो सेवा शुरू गरेको छ । आइतवारदेखि लागू हुनेगरी जिल्लाभरिका सबै पालिकालाई सातामा दुई दिन तोकिएको समय पर्ने गरी सेवा दिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

सो बमोजिम आइतवार र सोमवार कालिकामाई, ठोरी, पकाहा मैनपुरगाँउ, धोबिनी, छिपहरमाई र पटेर्वा सुगौली गाउँपालिकाका सेवाग्राहीको कार्य हुनेछ । मंगलवार र बुधवारका दिन जगरनाथपुर, विन्दवासिनी, पोखरिया, पर्सागढी र बहुदरामाई नगरपालिका क्षेत्रको पालो राखिएको छ ।     

बिहीवार र शुक्रवार जिरा भवानी तथा सखुवा प्रसौनी गाउँपालिका र वीरगञ्ज महानगर पालिकाका सेवाग्राहीको काम हुने बताइएको छ । जिल्लामा पछिल्लो समय कोभिड संक्रमण बढ्दै गएपछि भीडभाड कम गरी स्वास्थ्य मापदण्ड अपनाएर आलोपाले सेवा दिन जिप्रकाले जिल्लास्थित सबै कार्यालयलाई निर्देशन दिएको छ । यसैबीच, कोभिडको पछिल्लो नयाँ रूप ओमिक्रोन भेरियन्टको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखीम न्यूनीकरण गर्ने उद्देश्यले प्रजिअ उमेशकुमार ढकाल आफै जनचेतनामूलक अभियानमा जुटेका छन् । सर्वसाधारणलाई वर्तमान अवस्थामा स्वास्थ्य मापदण्डमूलक सन्देश प्रवाह आवश्यक रहेकाले आफै मास्क वितरणसहित अन्य जनचेतनामूलक अभियानमा जुटेको उनले बताए ।

आम नागरिकमा लापरबाही गर्ने परिपाटीले गर्दा जोखिम बढ्न सक्ने भएकाले मास्क वितरणसहित अन्य जनचेतना जगाउन प्रजिअ ढकालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख अभियानमा लाग्नु भएको हो । जिप्रकाले सामुदायिक प्रहरी सेवा केन्द्रसँगको सहकार्यमा आयोजना गरेको सचेतनामूलक कार्यक्रम अन्तर्गत एकै दिन करिब पाँच हजारलाई नि:शुल्क रूपमा मास्क वितरण गरिएको थियो । यसैबीच जिप्रकाले सार्वजनिक स्थलमा मास्क नलगाउनेलाई १०० रुपैयाँ जरीवाना गर्ने रणनीति अघि बढाएको छ । रासस

 

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)